×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गणेशबहादुर स्मृति फुटबल : टाईगर क्लबको विजयी सुरुवात


  •   शनिबार, बैशाख १७, २०७९
  • भरतपुर – भरतपुरमा आज (शनिबार) बाट सुरु भएको स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा टाईगर युवा क्लबले विजयी सुरुवात गरेको छ ।

    Advertisement

    आज सम्पन्न उद्घाटन खेलमा टाईगर क्लबले हर्दी युवा समाजलाई २-१ ले पाखा लगाएको हो । टाइगर क्लबको जितमा राजेश परियार र सन्दीप राना मगरले गोल गरे । हर्दीका विज्ञान चौधरीले एक गोल फर्काए ।

    टाइगर क्लबले खेलको १२ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि राजेश परियारले पहिलो गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सन्दीप रानाले गोल गर्दै टाईगर क्लबलाई २-० को अग्रता दिलाए ।

    दोस्रो हाफको २३ औं मिनेटमा हर्दीका विज्ञान चौधरीले गोल फर्काए पनि हात टार्न भने सकेनन् । टाईगर क्लबका रोजल दाहाल म्यान अफ दि म्याच चुनिए ।

    युनिक क्लब बसेनीको आयोजनामा सुरु भएको प्रतियोगितामा आइतबार तीन खेल हुनेछ । आइतबार पहिलो खेल बिहान ७ बजे सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी र कैलाश युवा क्लबबीच हुनेछ ।

    यस्तै दोस्रो खेल दिउँसो २ बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सौराहा युवा समाजबीच हुनेछ भने तेस्रो तथा अन्तिम खेलमा दिउँसो ४ बजे पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडा र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् ।

    २४ गतेसम्म चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्ने संयोजक निर्मल अंगाईले जानकारी दिए । नारायणी मोटर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह-प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.