चितवन । चितवनमा जेठको दोस्रो साताबाट सवारी चालक अनुमति पत्र दिन तयारी तीव्र पारिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आबश्यक पर्ने परिक्षा स्थल र सवारी साधनका लागि प्रस्ताब आव्हान गरेको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब नेत्र शर्माका अनुसार बैशाख २ गते प्रयोगात्मक परिक्षाका लागि परामर्श सेवा प्रस्ताब आव्हान गरिएको छ । १५ दिन भित्र परेका प्रस्ताब को अध्ययन गरी काम अघि वढाइने उहाँले बताउनुभयो । जिल्लामा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारी साधनको चालक अनुमति पत्र दिन लागिएको हो ।
कार्यालयले प्रयोगात्मक परिक्षाका लागि आबश्यक पर्ने परिक्षास्थल र सवारी साधन उपलव्ध गराए बापत परिक्षार्थी संग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । शर्माको भनाईमा प्रयोगातमक परिक्षा स्थल भरतपुर महानगरपालिका वा चितवन जिल्ला अन्तरर्गत पर्ने नगरपालिका भित्र हुनु पर्ने छ । प्रयोगात्मक स्थल सम्बेदनशिल स्थानहरु अस्पताल, बिमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दीर लगाएतका क्षेत्रबाट कम्तिमा २ सय मिटर टाढा हुनु पर्ने शर्माले जानकारी दिनुभयो ।
जेठकाे दाेस्राे साताबाट चितवनमै सवारी चालक अनुमति पत्र पाइने
जेठकाे दाेस्राे साताबाट चितवनमै सवारी चालक अनुमति पत्र पाइने
Advertisement
तपाईको प्रतिक्रिया