चितवन । चितवनकाे माडीमा बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी ७ कृतनपुरमा बगईबाट नारायणगढ तर्फ जादैँ गरेको लु २ ख ६ नम्बरको बस स्प्रीङ पट्टा भाँचिदा अनियन्त्रित भई सडकको दायां नालामा खसेकाे थियाे ।
Advertisement
सुचना अधिकारी नरहरि अधिकारीका घाइते हुनेहरुमा माडी ७ देबेन्द्रपुर बस्ने बर्ष १४ की समिक्षा काफ्ले , बर्ष ३४ की राधिका काफ्ले , वडा नम्बर ९ गणेशकूञ्ज बस्ने बर्ष २८ की लक्ष्मी थापा हात, लक्ष्मी थापाको छोरी बर्ष ९ की बिपना थापा, वडा नम्बर ६ स्याऊलिबास बस्ने बर्ष २९ की पार्वती सुबेदी र वडा नम्बर ७ कृतनपुर बस्ने बर्ष ६६ की पुर्ण कला अधिकारी रहेका छन् ।
उनीहरुकाे स्थानीय मेडिकल तथा वघाैडा अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।