चितवन । पार्टीले टिकट नदिएपछि चितवनकाे कालिका नगरपालिका वडा नम्बर २ काे वडा अध्यक्ष पदमा राजकुमार अधिकारीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
नेपाली कांग्रेसकाे चर्चित सक्रिय सदस्य भएपनि पार्टिले आफ्नाे याेगदानकाे कदर नगरेकाे तर यस वडाका जनताकाे माग आफू वडा अध्यक्षमा रहेर सेवा गर्न आह्वान भएकाले उम्मेदवारी दर्ता गराएकाे उहाँको भनाइ छ ।
उहाँले साेमबार कालिका नगरपालिकामा रहेकाे निर्वाचन कार्यालय पुगी उम्मेदवारी दिनुभएको हाे ।
आफू दिनरात खटिएर कांग्रेसकाे संगठन बलियाे बनाउंदै जांदा पनि मूल्यांकन नहुंदा निकै दुखित भएकाे भन्दै अधिकारीले वडानम्बर २ का जनताकाे भावना अनुसार उम्मेदवारी दिएकाे भन्दै चुनाव जित्ने उहाँको दाबी छ ।
दुई दशक बढी आफू राजनीतिमा लागेकाे भन्दै अधिकारीले कम्युनिस्टकाे गढ जस्तै मानिने वडा नम्बर २ मा कांग्रेसकाे संगठन आगामी जुनसुकै चुनावमा पनि जित्नेगरी बनाएकाे तर पार्टीले त्यसकाे ख्याल नगरी आफूलाई वास्ता नगरेर अन्यलाई टिकट दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकाे उहाँको भनाई छ ।
उहाले भन्नुभयाे, “कम्युनिष्टकाे ठाउँमा कांग्रेसकाे माहाेल राम्रो बनाएकाे थिए । यस पटक चुनाव जितिन्छ भन्ने ठूलाे आशा थियाे तर संगठनले पछि हट्न वाध्य बनायाे । तर जनताकाे भावना अनुसार म वडा अध्यक्षमा उठेकाे छु । जिताउनु हुनेछ भन्नेमा विश्वस्त छु । ”
तर आफूले संगठन भने नत्यागेकाे बताउदै आफ्नै पार्टी कांग्रेस र विपक्षीबाट समेत राम्रो साथ सहयाेग रहकाे उहाँको दाबी छ । आफू राजनीति संगै सामजसेवामा समेत सक्रिय रहेकाे र जनतालाई परेका सवै खालका समस्यामा दिनरात खटिएको हुंदा पनि चुनाव जित्ने आधार बलियाे रहेकाे अधिकारीले बताउनुभयो ।
व्यवसायी समेत रहनुभएका अधिकारीले भ्रष्टाचार रहित वडा र जनताले सहजै सेवा पाउने व्यवस्थाका साथै समग्र विकासका लागि आफ्नाे आवश्यकता रहेकाे बताउदै प्रतिस्पर्धामा उत्रिएको बताउनुभयाे ।
अहिले वडा नम्बर २ काे वडा अध्यक्षमा अधिकारी सहित कांग्रेसबाट जनार्दन प्रसाद दाहाल, नेकपा एमालेबाट लक्ष्मण पाैडेल र नेकपा माआेवादी केन्द्रबाट बुद्दीमाया घलेले उम्मेदवारी दर्ता गराउनुभएकाे छ।