चितवन । राप्रपा नेपालका केन्द्रीय सह महामन्त्री सुनिल कुमार क्षेत्रीले नेकपा एमाले धाेकेबाज पार्टी भएकाे भन्दै अव एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
याे स्थानीय चुनावमा आफूहरुसंग तालमेल गर्ने बचन दिएर राप्रपा संग गठबन्धन गर्न गएकाे भन्दै क्षेत्रीले नेकपा एमाले न भाले न पाेथी भन्ने उक्ति प्रमाणीत भएकाे उहाँको आराेप छ ।
क्षेत्रीले भन्नुभयाे, “एमालेले अन्तिममा आएर अन्तरघात गर्याे । राप्रपा संग सांठगांठ गर्याे । माधव नेपालले भन्नुभएको एमाले न भाले न पाेथी आज आएर प्रमाणीत भयाे । अव हामी एमालेसंगकाे गठबन्धनबाट बाहिरीएकाे घाेषणा गर्दछौं । ”
भरतपुर लगायतमा सहमति हुन्छ कार्यान्वयन गर्छाैं भनेर झुलाएर निर्वाचनको अन्तिममा ठूलाे धाेका दिएकाे उहाँको भनाई छ । अव आफूहरु चिलिम भएपनि घैंटाे फुटाएरै छाड्ने भन्दै क्षेत्रीले निर्वाचनमा हाेमिएकाे बताउनुभयाे । क्षेत्रीले भन्नुभयाे,” हामी आकारमा सानाे हाेलाआंै तर अवकाे चुनावमा म च्यालेन्ज गर्छु कि चिलिमले घैंटाे फुटाउछाैं । ”