×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगरमा राप्रपाको मेयरमा दिपक थापामगर


  •   सोमबार, बैशाख १२, २०७९
  • भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताउनुभयो । उहाँका अनुसार राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापा मगरलाई मेयरको उम्मेदवार बनाइने छ ।
    उपमेयरमा पनि उम्मेदवार उठाउने स्रोेतले जनाएको छ । उपमेयरमा ३ जना आकांक्षी रहेकाले भोलि (सोमबार) एक जना सर्वसम्मत उम्मेदवार छनौट हुने जनाइएको छ । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे २०७० मा दोस्रो संविधानसभामा निर्वाचित हुनुभएको साविक क्षेत्र नम्बर ५ भित्रै माडी र महानगरको केही क्षेत्रहरु पर्छन् । राप्रपाको जनाधार पश्चिम चितवनमा पकड बलियो छ । यसअघि महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलेपनि राप्रपा एकल चुनावमा जान लागेको हो ।
    यस्तै राप्रपाको बलियो जनाधार रहेको क्षेत्र माडीमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिइने छ । मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तयारी छ । राप्रपाले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरुमा समेत उम्मेदवारी दिइने जनाएको छ । राप्रपा र एमालेसँगको चुनावी तालमेलको सम्भावना नहुने देखिएको हो । आज (आइतबार) दिनभर राप्रपाका जिल्ला नेताहरु केन्द्रीय नेताहरुसँग समन्वय गर्दै बसेको बैठकले चितवनमा चुनावी तालमेल नगर्ने निष्कर्षमा पुगेको हो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.