काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ ।
वैशाख ३० गतेको चुनाव जितेपछि जनताका लागि गर्ने कार्यहरुको प्रतिवद्धता पत्र आज सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ ।
महामन्त्री गगन कुमार थापा संयोजक रहेर तयार पारिएको घोषणापत्र आज लोकतन्त्रक दिवसको अवसर पारेर सार्वजनिक गर्न लागिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने र घोषणापत्रमा मुख्यगरी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।
Advertisement
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
आज नै उम्मेदवारका लागि मनोनयन समेत सुरु हुँदैछ ।