×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा पनि कृषि गणना सुरु,सत्यतथ्य जानकारी दिन कार्यालयको अनुरोध


  •   मङ्गलबार, बैशाख ०६, २०७९
  • डोलराज रानाभाट,चितवन । चितवनमा पनि सातौँ राष्ट्रिय कृषि गणना २०७८ सुरु भएको छ । आज देखि गणक र सुपरीवेक्षकहरु फिल्डमा खटिएको जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो संघीयता पछिको भने पहिलो कृषि गणना हो । हरेक १० /१० वर्षमा यसको गणना गरिन्छ ।

    Advertisement

    ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित सुरु भएको गणनाका लागि आजदेखि जेठ १९ गतेसम्म उनीहरु फिल्डमा रहने भण्डारीले बताउनुभयो । जिल्लामा वैज्ञानिक विधिबाट छनौट गरेर १७९ गणना क्षेत्र कायम गरिएको छ । तीनै गणना क्षेत्रमा अहिले तालिमप्राप्त गणक र सुपरीवेक्षक खटिएका हुन् । उनीहरु अहिले घर घर पुगेर विवरण संकलन गरिरहेका छन् ।

    गणकको कार्यमा सुपरीवेक्षकहरुले अनुगमन गरे नगरेको, तथ्याङ्क लिँदा गल्ती भएनभएको, सहज असहज बारे पनि आज अनुगमन गरेको भण्डारीले बताउनुभयो । भण्डारी सहित तथ्याङ्क कार्यालय चितवनका कर्मचारीले आज माडी क्षेत्रमा अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सहजै गणनाको कार्य भइरहेको भण्डारीले बताउनुभयो । साथै गणनाको समयमा पर्ने कठिनाइलाई हटाउन स्थानीय तहमा स्थानीय तह सहजीकरण समिति बनाएर वडास्तरीय सहजीकरण समिति समेत बनाउन पहल भइरहेको भण्डारीको भनाई छ। आज मात्रै माडीमा सो समिति बनाउन छलफल सम्पन्न भएको छ । उपप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु,वडा सचिव, इलाका प्रहरी कार्यालय प्रमुख सहितको बैठक बसेको हो ।

    बैठक पछि बोल्दै उपप्रमुख ताराकुमारी काजाी महतोले माडीमा कृषि गणनालाई सफल पार्न सवै प्रकारको सहयोग हुने बताउँदै वडास्तरीय सहजीकरण समिति बनाउन आफूले पत्राचार गर्ने बताउनुभयो ।


    पहिलो चरणमा गणकहरु तोकिएको गणना क्षेत्रमा सूचीकरणका लागि खटिरहेका हुन् । उनीहरुले सूचीकरण ल्याएपछि तथ्याङ्कीय विधिबाट औषतमा २५ मुख्य कृषक छनौट गरेर लगत २ अर्थात मूख्य प्रश्नावली भरिने उहाँको भनाई छ । त्यस्तै सामुदायिक प्रश्नावली र संस्थागत कृषि चलनहरुको सुपरीवेक्षकहरुले तथ्याङ्क लिनेछन् । त्यस्तै यो पटक नतिजा आउँदा वडा तहसम्मकै तथ्याङ्क आउने भण्डारीले बताउनुभयो ।

    अन्तिम नतिजा आउन भने एक वर्ष लाग्नेछ । यो कृषि क्षेत्रको कार्यक्रम, योजना निर्माणका लागि महाअभियान भएकाले सत्यतथ्य जानकारी दिएर सहयोग गरिदिन कृषकहरुलाई भण्डारीले आग्रह गर्नुभयो ।

    अहिले जिल्लाका सात वटा स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा ३७ वटा गणना क्षेत्रमा १४ गणक र ४ जना सुपरीवेक्षक, रत्ननगर नगरपालिकामा २५ गणना क्षेत्रमा ९ जना गणक र ३ जना सुपरीवेक्षक, खैरहनी नगरपालिकामा २८ वटा गणना क्षेत्रमा १० जना गणक र २ जना सुपरीवेक्षक,राप्तीमा २५ गणना क्षेत्रमा ९ जना गणक र २ जना सुपरीवेक्षक, कालिकामा २२ गणना क्षेत्रमा ८ जना गणक र २ जना सुपरीवेक्षक, माडीमा २८ गणना क्षेत्रमा १० जना गणक र ४ जना सुपरीवेक्षक र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्रमा ५ जना गणक र २ जना सुपरीवेक्षकलाई खटाइएको छ । यसरी सातौँ राष्ट्रिय कृषि गणना २०७८ सफल पार्न छनौटमा परेका १७९ गणना क्षेत्रमा ६५ जना गणक र १९ जना सुपरीवेक्षक खटिएका हुन् ।

    सुपरीवेक्षक उत्तम पौडेलले १० वर्षपछि आएको गणनामा कृषकले उत्साहित भएर तथ्याङ्क दिनुभएको बताउनुभयो । अहिले सूचीकरणको कार्य भइरहेको र गणकलाई आइपर्ने समस्यालाई समाधान गर्न आफू लागिरहेको बताउनुभयो । यो महाअभियानमा आफू समेत सहभागी हुन पाउँदा उत्साहित रहेको उहाँको भनाई थियो ।

    गणक सुरक्षा पौडेलले धेरै ठाउँबाट तथ्याङ्क लिन आएको भन्दै स्थानीयले हैरानी सुनाएको बताउनुहुन्छ । तर कृषि गणनाको उद्देश्य र यसको गणना विधि बताउँदै गएपछि किसानले सहजै जानकारी दिनेगरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.