गैँडाकोट । राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट नगरपालिका वडा नम्वर ८ कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगत दिएका छन् । निर्वाचन लक्षित कार्यक्रम धेरै तर रक्तदानको कार्यक्रम नहुँदा रगत अभाव भएको समाचार आइरहदा युवा संघले सो कार्यक्रम गरेको हो ।
नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा महिला पुरुष दुवैले रगत दिएका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले रक्तदान जस्तो पवित्र कार्यक्रममा युवाहरु जोडिनु सकारात्मक कदम भएको बताउँदै यी कार्यक्रमलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कडेँलले राजनीति सँगै युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउन यो कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला सल्हाकार एवम् राष्ट्रिय अपाङ्ग संघका केन्द्रीय सदस्य यदुनाथ सिग्देलले मानवीय जीवनलाई दान दिने महत्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै अव चुनावमा समेत केन्द्रीत हुन युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले वडानम्वर ८ का अध्यक्ष श्रीहरी चालिसे, वडानम्वर ८ का जनप्रतिनिधि नरवहादुर आले लगायतको उपस्थिती थियो ।
अध्यक्ष नविन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट नगर सचिव अर्जुन पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको रहेको थियो । कार्यक्रम गर्न एम्स एब्रोड स्टडीले मुख्य प्रायोजकमा सहयोग रहेको छ भने गैँडाकोट नगरपालिका, रोज रिभर वाईन सप्लायर्स, मौलाकालिका वाइन सप्लायर्स,यदुनाथ सिग्देल लगायतले सहयोग गर्नुभएको छ ।
रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । मुख्य प्रायोजक एम्स एब्रोड स्टडीका प्रोपाइटर कृष्ण कडेँलले विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने संस्था भएपनि सामाजिक कार्यमा समेत आफुहरुले निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।