×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय युवा संघ गैँडाकोट ८ को आयोजनामा रक्तदान कार्यक्रम सुरु


  •   मङ्गलबार, बैशाख ०६, २०७९
  • गैँडाकोट । राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट ८ कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सुरु भएको छ । गैँडाकोट कृषि उपज संकलन केन्द्रमा सुरु भएको कार्यक्रम नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो ।

    Advertisement

    कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीवनदान हुने रक्तदान कार्यक्रममा युवाहरु सक्रिय हुनु खुसीको कुरा भएको भन्दै नगरपालिकाले समेत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो । स्वस्थ्य व्यक्तिले दिन रगतले अर्को कुनै व्यक्तिको जीवन जोगिने जस्तो महत्वपूर्ण कार्यमा निरन्तर लाग्न युवाहरुलाई उहाँको शुभकामना थियो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला अध्यक्ष कृष्ण कडेँलले राजनीतिसँगै युवाहरुलाई सामाजिक कार्यमा समेत अग्रसर गराउने अभियान अनुसार रक्तदान कार्यक्रम गरेको बताउनुभयो । कडेँलले भन्नुभयो,“अन्य राजनीतिक संगठनका युवाहरु जस्तो आन्दोलन, हुलहुज्जत गर्ने संगठन युवा संघ होइन । युवासंघका युवाहरु राजनीतिक चेतनासँगै सामाजिक कार्यमा सक्रिय हुन्छन् भन्ने आजको कार्यक्रमले प्रमाणीत गरेको छ। ”


    राजनीतिमा लाग्ने युवाहरुप्रति हेर्ने नजर समाजमा अझै नकरात्मक रहेको भन्दै कडेँलले यसरी सामाजिक कार्यमा युवाहरु लाग्दा सवैमा राम्रो सन्देश जाने र कुनै व्यक्ति रगत अभावले मृत्युवरण गर्नु नपर्ने बताउनुभयो । युवा संघले अन्य सामाजिक कार्यलाई अभियानकै रुपमा लैजाने समेत कडेँलले जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्ला सल्हाकार एवम् राष्ट्रिय अपाङ्ग संघका केन्द्रीय सदस्य यदुनाथ सिग्देलले मानवीय जीवनलाई दान दिने महत्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै अव चुनावमा समेत केन्द्रीत हुन युवाहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमाले वडानम्वर ८ का अध्यक्ष श्रीहरी चालिसे, वडानम्वर ८ का जनप्रतिनिधि नरवहादुर आले लगायतको उपस्थिती थियो ।
    अध्यक्ष नविन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट नगर सचिव अर्जुन पराजुलीले सहजीकरण गर्नुभएको थियो ।


    कार्यक्रम सुरुहुनासाथ ३ जना महिला सहित २१जनाले रगत दिइसक्नुभएको प्राविधिक सहयोग गरहेको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरकी ल्याव टेक्नोलोजिष्ट विनीता गौतमले जानकारी दिनुभयो ।

    कार्यक्रम गर्न एम्स एब्रोड स्टडीले मुख्य प्रायोजकमा सहयोग रहेको छ भने गैँडाकोट नगरपालिका, रोज रिभर वाईन सप्लायर्स, मौलाकालिका वाइन सप्लायर्स,यदुनाथ सिग्देल लगायतले सहयोग गर्नुभएको छ ।

    रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । मुख्य प्रायोजक एम्स एब्रोड स्टडीका प्रोपाइटर कृष्ण कडेँलले विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने संस्था भएपनि सामाजिक कार्यमा समेत आफुहरुले निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.