×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भागवण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्ने


  •   मङ्गलबार, बैशाख ०६, २०७९
  • काठमाडौं । हिजो सोमवार लगातार दुई पटक बैठक बसेपनि भागवण्डा मिलाउन नसकेपछि सत्तागठबन्धनको बैठक आज पनि बस्ने भएको । आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि बैठक बस्ने भएको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।

    Advertisement

    सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ–आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।
    ६ महानगर र ११ उपमहानगरमा कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा अझै दाबी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ ।

    पोखरामा समाजवादीले दाबी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ । त्यस्तै माओवादीले भरतपुर महानगरमा आफ्नो दाबी गरिरहेको छ ।

    भरतपुरमा मेयर माओवादीले लिएर उपमेयरसहित सबै वडाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको भनिएको छ । तर यसबारे पनि टुंगो लागिसकेको छैन । केन्द्रमा अनिर्णीत हुँदा जिल्ला तहमा पनि अन्यौलता छाएको छ । उम्मेदवार वन्न इच्छुकले नाम टिपएका छन् तर त्यसपछिको प्रकृया अन्यौल छ ।

    विभिन्न जिल्लामा आफ्नो दाबीबाट पछि हट्न परे गठवन्धन नमान्ने सम्मको चेतावनी आएपछि बाँडफाँडमा थप समस्या देखिएको छ । चितवनमा अघिल्लो पटक माओवादीलाई समर्थन गरेको भन्दै यस पटक काँग्रेसले पाउनुपर्ने अडान छ ।

    माओवादीले पनि हालको मेयर रेनु दाहालले विकास गरेको भन्दै एक कार्यकाल दोहोर्याउनुपर्ने अडान छाडेको छैन । अन्य जिल्लामा पनि विभिन्न सत्तारुढ दलहरुको दाबी रहेकै कारण सहमतिमा पुग्न सकिरहेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.