चितवन । राप्रपा नेपाल चितवनका अध्यक्षको घरमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न पार्टीले माग गरेको छ ।
अध्यक्ष विष्णु प्रसाद खरालको घर भरतपुर महानगरपालिका ५ आनन्दपुर नयन चोकमा रहेको निजी निवासमा वैशाख ३ गते राति साँढे ९ बजेतिर अज्ञात समूहले झ्यालको सिसा फुटाएको, सो ठाउँमा ढुँगामुढा गरेर वियरका वोत्तलहरु समेत फालेको विज्ञप्तीमा भनिएको छ ।
Advertisement
राप्रपा नेपाल जिल्ला कार्यसमिति चितवनले एक विज्ञप्ती जारी गर्दै तोडफोडमा संलग्नलाई तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग राखेको छ ।
आउँदै गरेको स्थानीय निर्वाचनमा अनुशासित,सभ्य र मर्यादित भई चुनावी गतिविधिमा सक्रिय भइरहदा अचानक आक्रमण हुनु दुखद सँगै गम्भिर भएको पार्टीले जनाएको छ।
घटनापश्चात पुगेको प्रहरीले अहिले अनुसन्धान गरीरहेको र यसलाई तीव्र बनाउँदै दोषीको चाँडै खोजी गर्न विज्ञप्तीमार्फत भनिएको छ।