गैँडाकोट । जनक मावि गँैडाकोट ५ का एक शिक्षकले कक्षा १२ को विद्यार्थीलाई अश्लिल भिडियो देखाएर हिँसा गरेको भन्दै विद्यार्थीहरुले दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए । आक्रोशित विद्यार्थीहरुले विद्यालयमा ढुँगा हान्नुका साथै वेन्च, सिसिटिभी, कम्प्युटर, विद्यालय अगाडिको शालिक आदि तोडफोड सहित दुई वटा मोटरसाइकलमा आगजनी गरेका थिए ।आरोपित शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।
Advertisement