×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएको भन्दै जनक मावि गैँडाकोटमा आन्दोलन, आरोपि प्रहरी नियन्त्रणमा


  •   आइतबार, बैशाख ०४, २०७९
  • गैँडाकोट । गैँडाकोट ५ नवलपुरको जनक माविमा पढाउने एक शिक्षकले कक्षा १२ पढ्ने छात्रालाई मोवाइलमा अश्लिल भिडियो देखाएको भन्दै दोषीलाई कारवाही गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

    Advertisement

    आरोपित विद्यालयका एक ती शिक्षकले ले कम्युटर ल्यावमा विद्यार्थी एक्लैलाई अश्लिल भिडियो देखाएको र आफूसँग पनि सम्बन्ध राख्न भनेको विद्यार्थीहरुले बताएका छन् ।

    चैत ३० गतेको सो घटना भएपनि विद्यालय प्रशासनले शिक्षकलाई कारवाही गर्न विद्यार्थीले गरेको मागलाई वेवास्ता गर्दा भौतिक क्षती तथा मानिस घाइते हुने सम्मको अवस्था आएको उनीहरुको भनाई छ ।

    शिक्षक विरुद्ध विद्यार्र्थीले प्रशासनलाई जानकारी गराएको तर विद्यालयले छात्राको अभिभावकलाई पनि कुनै जानकारी नदिएको र विद्यार्थी शिक्षकवीच समेत छलफल नगराएको विद्यार्थीको आरोप छ । ३० गतेको घटनामा आजसम्म पनि विद्यालय प्रशासनले न्याय दिने कुनै विधि नपनाएको भन्दै आन्दोलनमा आउनुपरेको विद्यार्थीहरुको भनाई थियो । न्याय पाउनैपर्ने माग उनीहरुको छ ।

    विद्यार्थीले न्याय माग्दा प्रहरी बोलाएर कुटेको भन्दै आन्दोलन चर्को भएको थियो । प्रहरी बोलाएपछि विद्यार्थी प्रहरीवीच झडप भएको थियो । विद्यार्थी प्रहरी दुतैतर्फ घाइते छन् ।
    उनीहरुले विद्यालय परिसरमा चर्को नाराबाजी लगाउँदै प्रधानाध्यापक चुडामणी शर्मा कडेँल र आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्चकुर्ची, सिसिटिभि सिसा लगायतमा उनीहरुले तोडफोड गरेका हुन् ।

    आरोपित शिक्षकलाई प्रहरीले हत्कडी लगाएपनि विद्यार्थीहरुले कालोमासो र जुत्ताको माला लगाउन पाउनुपर्ने माग राखेपछि थप तनावग्रस्त बनेको थियो । वी वान्ट जस्टिस्, दोषीलाई फाँसी दे, जुत्ताको माला र कालोमोसो लाउन दे लगायतका नारा सहित विद्यार्थीले चर्को नाराबाजी गरेका थिए ।
    छात्राका अभिभावकले दोषीलाई कडा कारावही गर्न माग गरेका छन् । शिक्षा दिने शिक्षकले यतिसम्मको हर्कत गर्छन भन्ने नसोचेको तर आज पीडितबाटै सुन्न वाध्य भएको भन्दै सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न पीडितको हजुरबुबाले माग गर्नुभयो ।

    यता विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेँलले घटनाबारे विद्यार्थीले ३० गते बेलुकीपख म्याडमहरुलाई जानकारी गराएको, वैशाख १ गते विदा र त्यसको भोलिपल्ट छलफल गर्ने भनेपनि आफन्तको अपरेश परेको भनी विद्यार्थी विद्यालय नआएको बताउनुभयो । तर हिजो शनिवार आज छलफलका लागि शिक्षक,विद्यार्थी अभिभावक राखेर कुराकानी हुँदैगर्दा वाहिर तोडफोड भएको बताउनुभयो । गुनासो आएपछि विद्यालयले सवैलाई राखेर छलफल गर्ने र त्यसपछिको प्रकृया अगाडि बढाउने तयारी भएपनि तोडफोड भएपछि अवस्था नियन्त्रण वाहिर गएको बताउनुभयो ।

    आन्दोलनमा विद्यार्थी प्रहरी दुवैतर्फ घाइते छन् । तर को कति घाइते र कति क्षती भयो एकीन विवरण आइसकेको छैन ।
    तर जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनले भने विद्यार्थीतर्फ कुनै घाइते नभएको र सात जना प्रहरी घाइते भएको बताउनुभयो ।

    राजमार्ग अवरुद्ध हुन नदिन वाक्लो प्रहरी परिचालन गरेको र एक घण्टा अगाडि आरोपितलाई जिल्ला प्रहरी कार्यालय लगेको जानकारी दिनुभयो । अव पीडित पक्षबाट जाहेरी माग्ने र अनुसन्धान गरी सोही अनुसार प्रकृया अगाडि वढ्ने एसपी महर्जनको भनाई छ । घाइते प्रहरीहरुको सीएमसीमा उपचार भइरहेको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.