×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा सवारी दुर्घटना : चालुआवको हालसम्म ११२ जनाको मृत्यु, ३०२ मोटरसाइकल दुर्घटना


  •   आइतबार, बैशाख ०४, २०७९
  • चितवन । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सवारी दुर्घटनामापरी ११२ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान थापाका अनुसार ८२ जना पुरुष,१९ जना महिला र १० जना बालक १ जना बालिका रहेका छन् ।

    Advertisement

    त्यस्तै २०८ जना गम्भीर घाइने भएका छन् । गम्भीर घाइते हुनेहरुमा १५१ जना पुरुष, ३८ जना महिला, १० जना बालक र ९ जना बालिका रहेका छन् । त्यस्तै सवारी दुर्घटनामा परी ४७८ जना सामान्य घाइते भएका छन् । जसमा ३३५ पुरुष,१९० जना महिला,१८ जना बालिका र १६ जना बालक रहेका छन् ।

    त्यस्तै ५९८ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा मोटरसाइकल सवैभन्दा धेरै दुर्घटना पर्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार ३०७ वटा मोटरसाइकल, ७८ वटा जीपकार, ७७ वटा ट्रक÷ट्यांकर, ४१ वटा बस, ३९ वटा साइकल÷गाडा , १९ वटा ट्याक्टर, १५ वटा टेम्पो,१० वटा माइक्रो, ८ वटा टिपर,४ वटा अन्य सवारी दुर्घटनामा परेका हुन् ।

    चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा दुर्घटनामा मृत्यु हुनेको संख्या असोजमा धेरै छ । जहाँ ६७ वटा सवारी दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन् । चैत्रमा ८२ वटा सवारी दुर्घटनाहुँदा १६ जनाको मृत्यु, फाल्गुनमा ७६ वटा सवारी दुर्घटना हुँदा १३ जनाको, मंसिरमा ७३ वटा सवारी दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ ।

    माघमा ४१ वटा दुर्घटनामा १२ जनाको,श्रावणमा ७८ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पौषमा ५६ वटा सवारी साधन दुर्घटना हुँदा ११ जनाको, कार्तिकमा ६२ वटा सवारी साधन दुर्घटना हुँदा १० जनाको र भाद्रमा ६३ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    चालु आर्थिकवर्षको चैतसम्म ३९१ पटक सवारी दुर्घटना भएको छ । जसमा सवैभन्दा धेरै श्रावण र फाल्गुणमा ५१ पटक, मंसिर र चैतमा ४७ पटक, असोजमा ४३ पटक, भाद्रमा ४२, कार्तिकमा ४१ पटक, पौषमा ४० पटक र माघमा २९ पटक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    कार्यालय प्रमुख भगवान थापाका अनुसार साँघुरो र विग्रदो सडक अवस्था, तीव्र गति र ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनु नै दुर्घटनाका मुख्य कारण रहेको बताउनुभयो ।

    दुर्घटना न्यूनिकरणका लागि राजमार्ग तथा भित्री सडकमा समेत चेकजाँच र कारवाहीलाई तीव्र बनाउँदा केही कमी भएपनि चालक आफै सचेत नहुँदासम्म कमी ल्याउन कठिन हुने उहाँको भनाई छ ।

    अहिले पनि विहान साँझ चेकजाँचलाई कडाई गरेको उहाँले बताउनुभयो । पछिल्लो समय राजमार्ग भन्दा भित्री सडकमा दुर्घटना बढीरहेकाले अव त्यसतर्फ पनि चेकजाँच बढाउने, आमा समूह ,टोल विकास संस्थालाई चेतनामूलक कार्यक्रम गर्ने थापाले बताउनुभयो ।

    पछिल्लो समय दुर्घटना न्युनिकरण सहितको पाठ्यक्रमनै बनाएर चितवनको भरतपुर महानगरपालिकाका विद्यालयमा लागू गर्नेगरी कार्यक्रम अगाडि बढेको थापाको भनाई छ ।

    जसमा दुर्घटना हुनुका कारण, ट्राफिक नियम, दुर्घटना भएपनि हुने कारवाही प्रकृया, कानुनी सजायँ, विद्युतीय अपराध के हो यसबाट कसरी बच्ने, नेपाल प्रहरीले गर्ने कार्य र गुनासो गर्ने विधि लगायतको विषय समावेश गरी पाठ्यक्रमजस्तै किताव तयार पारेको थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.