चितवन । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सवारी दुर्घटनामापरी ११२ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान थापाका अनुसार ८२ जना पुरुष,१९ जना महिला र १० जना बालक १ जना बालिका रहेका छन् ।
त्यस्तै २०८ जना गम्भीर घाइने भएका छन् । गम्भीर घाइते हुनेहरुमा १५१ जना पुरुष, ३८ जना महिला, १० जना बालक र ९ जना बालिका रहेका छन् । त्यस्तै सवारी दुर्घटनामा परी ४७८ जना सामान्य घाइते भएका छन् । जसमा ३३५ पुरुष,१९० जना महिला,१८ जना बालिका र १६ जना बालक रहेका छन् ।
त्यस्तै ५९८ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा मोटरसाइकल सवैभन्दा धेरै दुर्घटना पर्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार ३०७ वटा मोटरसाइकल, ७८ वटा जीपकार, ७७ वटा ट्रक÷ट्यांकर, ४१ वटा बस, ३९ वटा साइकल÷गाडा , १९ वटा ट्याक्टर, १५ वटा टेम्पो,१० वटा माइक्रो, ८ वटा टिपर,४ वटा अन्य सवारी दुर्घटनामा परेका हुन् ।
चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा दुर्घटनामा मृत्यु हुनेको संख्या असोजमा धेरै छ । जहाँ ६७ वटा सवारी दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन् । चैत्रमा ८२ वटा सवारी दुर्घटनाहुँदा १६ जनाको मृत्यु, फाल्गुनमा ७६ वटा सवारी दुर्घटना हुँदा १३ जनाको, मंसिरमा ७३ वटा सवारी दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ ।
माघमा ४१ वटा दुर्घटनामा १२ जनाको,श्रावणमा ७८ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पौषमा ५६ वटा सवारी साधन दुर्घटना हुँदा ११ जनाको, कार्तिकमा ६२ वटा सवारी साधन दुर्घटना हुँदा १० जनाको र भाद्रमा ६३ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
चालु आर्थिकवर्षको चैतसम्म ३९१ पटक सवारी दुर्घटना भएको छ । जसमा सवैभन्दा धेरै श्रावण र फाल्गुणमा ५१ पटक, मंसिर र चैतमा ४७ पटक, असोजमा ४३ पटक, भाद्रमा ४२, कार्तिकमा ४१ पटक, पौषमा ४० पटक र माघमा २९ पटक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालय प्रमुख भगवान थापाका अनुसार साँघुरो र विग्रदो सडक अवस्था, तीव्र गति र ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनु नै दुर्घटनाका मुख्य कारण रहेको बताउनुभयो ।
दुर्घटना न्यूनिकरणका लागि राजमार्ग तथा भित्री सडकमा समेत चेकजाँच र कारवाहीलाई तीव्र बनाउँदा केही कमी भएपनि चालक आफै सचेत नहुँदासम्म कमी ल्याउन कठिन हुने उहाँको भनाई छ ।
अहिले पनि विहान साँझ चेकजाँचलाई कडाई गरेको उहाँले बताउनुभयो । पछिल्लो समय राजमार्ग भन्दा भित्री सडकमा दुर्घटना बढीरहेकाले अव त्यसतर्फ पनि चेकजाँच बढाउने, आमा समूह ,टोल विकास संस्थालाई चेतनामूलक कार्यक्रम गर्ने थापाले बताउनुभयो ।
पछिल्लो समय दुर्घटना न्युनिकरण सहितको पाठ्यक्रमनै बनाएर चितवनको भरतपुर महानगरपालिकाका विद्यालयमा लागू गर्नेगरी कार्यक्रम अगाडि बढेको थापाको भनाई छ ।
जसमा दुर्घटना हुनुका कारण, ट्राफिक नियम, दुर्घटना भएपनि हुने कारवाही प्रकृया, कानुनी सजायँ, विद्युतीय अपराध के हो यसबाट कसरी बच्ने, नेपाल प्रहरीले गर्ने कार्य र गुनासो गर्ने विधि लगायतको विषय समावेश गरी पाठ्यक्रमजस्तै किताव तयार पारेको थापाले बताउनुभयो ।