भरतपुर । आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुले १० सदस्यीय नया कार्यदल गठन गरेका छन् ।
शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको जिल्ला स्तरीय सयन्त्रको बैठकले हरेक दलबाट २÷२ जना रहने गरि १० जनाको कार्यदल गठन गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा सम्पन्न बैठकले आज गठन भएको कार्यदलले भोलि दिउँसो १२ बजे सम्म एउटा खाका बनाएर गठबन्धनका दलहरुकाबीचमा प्रस्तुत गर्ने निर्णय भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल,नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी,नेकपा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल,जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल र रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीको उपस्थिति रहेको थियोे ।



