चितवन । २८ महिना पहिले सवारी दुर्घटनामा सख्त घाइते भएका इन्द्रराज पौडेल (रविलाल पौडेल) को उपचारमा समस्या भएको छ । विगत २८ महिना पहिले भरतपुर १२ मिलनचोकमा सवारि दुर्घटनामा गम्भीर घाइते हुनुभएका पौडेलको उपचारमा आर्थिक अभावको समस्या भएको हो ।
पछिल्लो समय भरतपुर अस्पतालमा उपचाररत पौडेलको शरिरको तल्लो भागमा गम्भीर प्रकृतिका घाउहरुबाट ग्रसित भएर उपचार असम्भव भएपछि काठमाडौं स्थित बिर अस्पतालमा रिफर गरिएको छ।
उपचाररत पौडेल बाग्लुडंको जैमिनि नगरपालिका ८ छिस्ती फुर्केसल्ला स्थायी घर भई हाल भरतपुर महानगरपालिका -११ मा बसि सामान्य पारावारिक दैनिकि गुजारा गर्दै आउनु भएको थियो । ४ जनाको परिवारको जिम्मेवारी बहन गर्दै आउनु भएका पौडेल आफै पुर्ण अशक्तका साथै गभ्मिर घाउबाट ग्रसित भएपछि परिवारलाइ गुजारा टार्न समेत समस्या भएको छ ।
परिवारका अनुसार विगतमा पनि आफन्तजन, इस्टमित्र, साथिभाइ, दिदिबहीनी दाजुभाइ लगाएतको आर्थिक सहयोगले नै ठुलो धनरासी खर्च गरि आज सम्म बचाउन सकिएको र यतिवेला पनि डक्टरहरुको सुझाब अनुसार ति घाउहरु निको बनाउन ठुलो धनराशि खर्च हुने र अझै केही बर्ष बचाउन सकिने अबस्था छ।
साथै परिवारले बिगतमा सहयोग गर्नुहुने तथा सहयोग गर्न मन हुदाहुदै गर्न नपाउनुभएका सुभचिन्तकहरुलाइ पुनह: एकपटक स्वेछिक आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ। सहयोगका लागि खाता नम्बर र थप जानकारिका लागि मोबाइल नम्बर यसप्रकार छ ;
श्रिमति : डिल कुमारी पौडेल ९८६५५०५९८१
भाइ : हरि पौडेल ९८६९३६४११९
बैंक खाता नम्बर : डिल कुमारी पौडेल एनआईसि एसिया बैँक
२६४५७५११५०५९७००१
नोट: सेवा नै धर्म हो, तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ ।