गैँडाकोट । आसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि बुलिङटार गाउँपालिका वडानम्वर २ को वडा अध्यक्षका लागि आठ जना अकांक्षीले आफ्नो नाम दर्ता गराएका छन् ।
युवा उम्मेदवार महादेव रानाभाट सहित आठ जनाले आफू वडा अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । आठ जनामा जित बहादुर ठाडा मगर, भोला प्रसाद लुङ्गेली, देब बहादुर दर्लामी मगर, टंक प्रसाद आले मगर, महादेब रानाभाट, गोपाल चन्द्र ठाडा, कमल ठाडा मगर र पारस थापा मगर रहेका छन् ।
त्यस्तै वडा सदस्यहरुमा छल बहादुर फाल, दमल सिँ डिसुवा, बल वहादुर रानाभाट, राम बहादर जर्घा, पूर्ण बहादुर सारु, बेल बहादुर दर्लामी, युवराज गाहा मगर, गगन सिँह सोम र महिला सदस्यमा गोमती रामजाली रहेका हुन् ।
आज वार्ड कमिटीको बैठक बसेर आकांक्षीहरुको नामावली संकलन गरेको र अव जनतासँग घुलमिल भएको, चुनाव जित्न सक्ने उम्मेदवारलाई सिफारिस गरेर पठाउने बताइएको छ