काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत बिहीवार जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।
Advertisement
पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।