गैँडाकोट । गैँडाकोटमा टाइफाइडरोग विरुद्धको खोप अभियान जारी छ । १५ महिना देखि १५ बर्ष उमेरसम्मका सबै बालवालिकालाई अहिले विद्यालयमै केन्द्र बनाएर खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य शाखा गैँडाकोटले जानकारी दिएकोछ ।
टाइफाइड ÷म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग भएकाले सरकारले खोप अभियानै सुरु गरेको हो । खोप अभियान सकिएपछि यसलाई नियमित खोपको रुपमा लगाइनेछ ।
गैँडाकोटमा चैत २५ बाट यो खोप लगाउन सुरु भएको हेल्थ असिस्टेण्ट प्रकाश पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो पटकसम्म १४ हजार १७८ जनाले खोप लगाएका छन् ।
जुन लक्ष्यको ६० प्रतिशत रहेको उहाँको भनाई छ । चैत २५,२७ र २८ गते उक्त संख्यामा खोप लगाइएको हो । अभियान अहिले पनि जारी छ । नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन पोख्रेलको आग्रह छ ।
अभियान अवधिभर गैँडाकोटमा कुल २३ हजार ७४५ लाई खोप लगाउने लक्ष्य छ । यसका लागि विद्यालयबाट १५ देखि २३ महिनाका १ हजार ४५५ जना र २४ देखि १५ वर्षको उमेरका १२ हजार ७२३ जनाको तथ्याङ्क स्वास्थ्य शाखाले संकलन गरेको थियो । अन्य संख्या शाखाले स्वयम् संकलन गरेको तथ्याङ्क हो ।
खोप लगाउन अहिले १२५ खोपकार्यकर्ता, २५० स्वयंसेवक नगरको १२ स्थानमा ६६ वटा खोप केन्द्रमा अहिले कार्यक्रम जारी रहेको स्वास्थ्य शाखा गैँडाकोटले जानकारी दिएको छ ।
फोटो : भरतपुरमा खोप लगाएका बालवालिका खोपकार्ड लिँदै