×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पुलिसविरुद्ध धनगढीको रोमाञ्चक जित


  •   मङ्गलबार, चैत २९, २०७८
  • चितवन – राष्ट्रिय महिला लिगमा धनगढीले नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । आज (मंगलबार) भएको पहिलो खेलमा धनगढीले बिभागिय टोली पुलिसलाई ३-२ ले पाखा लगाएको हो । यससँगै धनगढीले लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ ।

    Advertisement

    धनगढीको जितमा कप्तान चन्द्रा भण्डारीले दुई र बिर्सना चौधरीले एक गोल गरे । पुलिसकी रेखा पौडेलले दुई गोल फर्काईन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । पहिलो हाफमा प्राप्त अवसर सदुपयोग गर्न नसकेको पुलिसले दोस्रो हाफमा ३ गोल खायो ।

    ५५ औं मिनेटमा धनगढीकी कप्तान चन्द्राले सुन्दर गोल गरिन् । मैदानको मध्यभागबाट पाएको बलमा चन्द्राले पुलिसको डिफेन्स र गोलकिपर उषा नाथलाई बिट गर्दै सुन्दर गोल गरिन् । उनले एकल प्रयासमा जारी लिगकै उत्कृष्ट मध्यको गोल गरिन् ।

    ६३ औं चन्द्राको प्रहार पोष्टको साइडबारमा लागेर फर्किएपछि धनगढी दोहोरो अग्रता लिनबाट चुक्यो । लगत्तै ६५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाईन् ।

    ७३ औं मिनेटमा पुलिसकी रेखाले गोल फर्काईन् । ८२ औं मिनेटमा बिर्सनाले गोल गर्दै फेरि धनगढीलाई ३-१ को अग्रता दिलाईन् । ८८ औं मिनेटमा रेखाले गोल गरेर धनगढीको अग्रता छोट्याए पनि हार टार्न सकिनन् । धनगढीकी सरस्वती रोकाया प्लेयर अफ दि म्याच भईन् ।

    यो जितपछि धनगढीको ७ खेलबाट १२ अंक भएको छ । धनगढी तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ ।

    यस्तै आजको आजको दोस्रो खेलमा आर्मीले चन्द्रपुरविरुद्ध सहज जित हात पारेको छ । आर्मीले चन्द्रपुरलाई ५-० ले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापा मगरले २ तथा अमिशा कार्की, बिमला चौधरी र दिपा शाहीले एक-एक गोल गरे ।

    खेलको छैटौं मिनेटमा नै शर्मिलाको गोलमा आर्मीले अग्रता लियो । ४२ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले दोहोरो अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा अमिशाले आर्मीका लागि तेस्रो गोल गरिन् ।

    ५५ औं मिनेटमा बिमला चौधरीले गोल गरेपछि आर्मीले ४-० को अग्रता लियो । ६० औं मिनेटमा दिपा शाहीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । आर्मीकी दिपा शाही प्लेयर अफ दि म्याच भईन् ।

    यो जितपछि आर्मी ७ खेलबाट १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक ४ अंकका साथ तालिकाको छैटौं स्थानमा यथावत छ ।

    लिगमा बुधबार पहिलो चरणको अन्तिम दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १:१५ बजे वाकिङ र ललितपुरबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४:१५ बजे विराटनगर र सशस्त्र प्रहरी भिड्नेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.