ऋषिङ । ऋषिङ गाउँपालिका ६ को वडाअध्यक्षमा गोपाल रानाभाटले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । रानाभाटले नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा उम्मेदवारी रहने जानकारी दिनुभयो ।
संविधान, लोकतन्त्र ,गणतन्त्र, संघीयता, समानुपातिक समावेशीताको रक्षा गर्न आफू सदैव सक्रिय रहेको र आगामी दिनमा पनि पार्टीेले दिएको जिम्मेवारी पूरा गर्दै जनताको काम गर्न तयार रहेकाले टिकट दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँ सहित ३ जनाले यो वडामा वडाअध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । तर अन्य वडामा भने सर्वसम्मत वडाअध्यक्षको नाम प्रदेशमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । रानाभाटले दाबी गर्नुभएको वडामा सहमति हुन नसकेपछि सवैको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
ऋषिङ १ मा कुशवहादुर थापा, २ मा युवराज उचै,३ मा विरवहादुर थापा, ४ मा वसन्त शदाशंकर, ५ मा जयराज गिरी, ६ मा गोपाल रानाभाट, छविलाल आले र दान वहादुर आले, ७ मा केशर थापाको नाम सिफारिस गरिएको छ ।