×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको २९ वटै काँग्रेस वडा सभापतिहरु गठबन्धनको बिपक्षमा (निर्णय सहित)


  •   मङ्गलबार, चैत २९, २०७८
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाका २९ वटै काँग्रेस वडा सभापतिहरु गठवन्धनको बिपक्षमा उभिएका छन् । पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि उनीहरु आज बैठक बसेर गठवन्धन नै स्वीकार्य नहुने निर्णय गरेका हुन् ।
    काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा जेष्ठ सभापति वडा नम्बर १९ का आशमान तामाङको अध्यक्षतामा बैठक सम्पन्न गरी गठवन्धन कुनै हालतमा स्वीकार्य नहुने र सोही अनुसार केन्द्रमा निर्णय लिन उनीहरुको माग छ ।

    Advertisement

    गठवन्धन नमान्ने निर्णय गरेर तत्काल केन्द्रमा पठाउन अनुरोध सहित उनीहरुले जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर्णयसंग मेल खाने भन्दै निर्णय हुबहु केन्द्रमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    केन्द्र, जिल्ला र महानगरले गठवन्धन गर्ने निर्णय गरेपनि वडा सभापतिहरु कुनै पनि गठवन्धनको पक्षमा नरहने निश्कर्षमा पुगेका छन । गत चैत्र २० गते ५ दलीय गठवन्धन अनुसार नै तालमेल गर्ने निर्णयमा पार्टी समेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन । वडा सभापतिहरुको संयुक्त निर्णय विपिरित गठवन्धन गरिए भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उमेदवार खडा गर्ने चेतावनी उनीहरुको छ । साथै वडा सभापतिहरुले आफुहरुले भनेको नभए गठवन्धनका सबै उमेदवारहरुलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन ।

    आज मात्रै विभिन्न संचारमाध्यमहरुमा भरतपुरको मेयर माओवादीलाई दिन काँग्रेस सभापति शेरवहादुर देउवा राजी भएको समाचार आएको थियो । तर घटनाचक्रसँग कुराकानी गर्दै चितवन काँग्रेसका सपभाति राजेश्वर खनालले आफूलाई त्यो वारे कुनै जानकारी नआएको र केही दिन अगाडिमात्रै केन्द्रमा गएर काँग्रेसले मेयर पाउनुपर्ने माग राखेको बताउँदै त्यसैको कार्यान्वयनमा आफू लागिरहेको बताउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.