चितवन । चितवनको भरतपुर स्थित आँपटारीमा रहेको जलदेबी सामुदायिक बन उपभोक्ता समुहले आफ्ना उपभोक्ता सदस्यहरुको आय आर्जन बढाउन १० हजार कुखुराको चल्ला बितरण गरेको छ ।
आँपटारी क्षेत्रका विपन्न र निम्न आय भएका व्यक्तिहरुलाई लक्षितगरी जिबिकोपार्जनमा सहयोग पुरयाउने उद्देश्यले ३५० बढी घरधुरीलाई चल्ला वितरण गरिएको हो।
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष तथा नेपाल ह्ययचरी उद्योग संघ बागमती प्रदेशका उपाध्यक्ष एवम् रोयल पोल्ट्री फर्मका संचालक मनोज रानाभाटले बन उपभोक्ता समितिलाई सो चल्ला हस्तान्तरण गर्नुभएको थियो ।
कार्यसमिति सदस्य तथा बर्तमान सल्लाहकार समेत रहनु भएका रानाभाटको उपस्थितिमा स्थानीयको दैनिकीलाई उकास्न र आम्दानी गरी बचतमा समेत टेवा पुग्नेगरी ती कुखुराको चल्ला वितरण गरिएको समुहका कार्यबाहक अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिनुभयो ।
वितरीत चल्लाको रेखदेख गरी हुर्काउन आग्रह गरिएको छ । सामुदायिक वनले विपन्न उपभोक्ताहरुको आर्थिक अवस्थालाई उकास्न विभिन्न कार्यक्रम ल्याउँदै कार्यान्वयन गरिरहेको छ ।