×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सयौँ वर्ष पुरानो समाधिस्थल जोगाउन दशनामी समाजद्वारारा अभियान सुरु


  •   सोमबार, चैत २८, २०७८
  • रमेश गिरी,भक्तपुर, २८ चैत । सयौवर्ष अघिदेखि आफ्ना पुर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरु आफ्नो समाधिस्थलको संरक्षण अभियान सुरु गरेका छन् ।

    Advertisement

    दशनामीहरुको मृत्यु पश्चात पार्थिब शरीरलाई जमिनमा समाधिस्थ गरि अन्त्येष्ठी गर्दै आएको भक्तपुरको हनुमानघाट स्थित समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शवको समाधि गर्ननै समस्या पर्ने गरि ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरि संरचना निर्माणको तयारी गरे पछि भक्तपुरका दशनामीहरुले आजबाट समाधिस्थलको सफाई अभियाननै सुरु गरेका छन् ।

    भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरुले सयौँ वर्ष अगाडिदेखि शव व्यबस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेश विपरित संरचना निर्माण गर्दै व्यायाम गर्ने स्थल बनाउन थाले पछि दशनामीहरु एक भएर आफ्नो समाधिस्थल जोगाउनकै लागि आजबाट सरसफाई अभियान सञ्चालन गरेका छन् ।

    भक्तपुर नगरपालिकाले बिभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहोर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामानहरुलाई निकालेर अन्यत्र लगेर व्यबस्थापन गरिएको छ ।

    समाधिस्थलभरि रहेका सबै फोहोर पन्छाएर शवको समाधिस्थ गर्न सहज हुने गरि सफाई अभियान सुरु गरेको समाधिस्लथको सफाई अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले जानकारी दिनुभयो । यसका लागि दशनामीहरु आफै भेला भएका छन् भने संरक्षणका लागि रु. आठ लाख रुपैयाँ आर्थिक सकलन भएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “सयौ वर्ष अगाडिदेखि दशनामीहरुले यो ठाउँलाई पुर्खाहरु समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ ।”

    आज भक्तपुर नगरपालिका भित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रबाट सहभागि भएका ६०० भन्दा बढी दशनामीहरुले समाधिस्थलको सफाई गरेका छन् ।

    दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको बताउदै अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नु पर्ने बताउनु भयो ।

    त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यबस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरि कार्यान्वयनमा ल्याउन लागे पछि भक्तपुर नगरपालिकाले अबरोध गरे पछि सर्वोच्च अदालतमा यस बिरुद्ध रिट नै परेको थियो । सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थल भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेशनै जारी गरेको थियो ।

    त्यस अबधीमा नगरपालिकाले समाधिस्थलमा बस पार्क बनाउने, खेल मैदान बनाउने लगायतको तयारी गरेपछि दशनामीले बिरोध गर्दै आएका थिए । नगरपालिकाले समाधिस्थलको यसअघि पनि अतिक्रमण गर्दै आएको उनीहरुको गुनासो छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.