×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको मेयरमा काँग्रेसबाट २५ र उप-मेयरमा २४ जनाले नाम दर्ता गराए


  •   सोमबार, चैत २८, २०७८
  • भरतपुर । आगामी स्थानीय चुनाव २०७९ का लागि सर्वाधिक चर्चा बटुलिरहेको भरतपुरमा मेयरका लागि काँग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।
    नेपाली काँग्रेस भरतपुर महानगर समिति सचिव प्रनिशा गुरुङका अनुसार हिजो र आज अकांक्षिहरुलाई नाम दर्ता गर्न समय दिइएको थियो ।

    Advertisement

    मेयर पदमा मनोनयन दर्ता गराउनेहरुमा भरत अधिकारी, शंकर प्रसाद कडेँल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजयराज शर्मा भुषाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ,निलकण्ठ शर्मा रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुवोध प्रधान, शम्भु प्रसाद अर्याल,भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा. केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी र घनश्याम दवाडी रहनुभएको छ ।

     

    यस्तै, उप–मेयर पदका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्र बहादुर गुरुङ, टंकनाथ पौडेल, कर्ण बहादुर गुरुङ, राजीव न्यौपाने, विरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रविभक्त शर्मा खनाल, निर्मलराज पौडेल, शुरविर पोखरेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी , गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी र विदुर केसीले दाबी पेश गर्नुभएको नेपाली काँग्रेस भरतपुर महानगरका सचिव गुरुङले जानकारी दिनुभयो ।

    आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर आज सोमबार अपरान्न चार बजे सकिएको महानगर प्रबक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिनुभयो ।

    नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उप–प्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दैछ । आकांक्षिहरुको नामावली आएपछि अव पार्टीभित्र बसेर छलफल तीव्र बनाउने र वस्तुस्थितीको आकलन गर्ने काँग्रेस चितवनले जनाएको छ ।

    गठवन्धन गरेरै चुनावमा जाने यसअघि निर्णय भइसक्दा मेयर पद कुन पार्टीले पाउने निश्चित भएको छैन । भरतपुरको मेयर पद काँग्रेसले पाउनुपर्ने माग सहित जिल्लाका नेताहरु पार्टी सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई भेटेर भरतपुरको मेयरमा काँग्रेसको दाबी नछाड्न आग्रह गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.