चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले राजनीतिमा चासाे र सहभागीता बढाउन सुझाव दिनुभएकाे छ ।
तमू ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदकाे ऐतिहासिक चाैथाे राष्ट्रिय महाधिवेशनकाे भरतपुरमा समुद्घाटन गर्दै गुरुङले राजनीति नै देशकाे मूल नीति निर्माण गर्ने थलाे भएकाले जतिसक्दाे बढी सहभागीता गराउन आग्रह गर्नुभयाे । गुरुङ समुदायमा राजनीति शब्द सुन्नासाथ चासाे नराख्ने संख्या धेरै रहेकाेले अझै अधिकारका लागि लडिरहनुपरेकाे बतांदै अब सहभागीता बढाउन उहाँको जाेड थियाे ।
अहिले स्वायत्तता माग गर्दैगर्दा पूर्वाधार बलियाे छ कि छैन त्यसलाई पनि ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
स्वायत्तताका लागि भने पर्याप्त अभ्यास गरि केन्द्र सरकारकाे ध्यानाकर्षण गराउन उहाँको सुझाव थियाे ।
विविधतामा एकता रहेकाे नेपालमा जातीय आधारमा राज्य हुनुपर्छ भन्नू उपयुक्त नहुने बताउनुभयो । संस्थालाई
राजनीतिबाट पर राखेर गुरुङहरुकाे भाषा, संस्कृतिकाे सरक्षणामा जुट्न आग्रह गर्नुभयाे ।
गुरुङ एक्लैले स्वायत्त खाेजे सम्भव नहुने भन्दै जातीय अस्तित्वका लागि संविधानमा भएकाे व्यवस्थालाई आधार मानेर कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिनुभयाे । साथै आफ्नो अधिकार खाेज्दै गर्दा अन्य जातीलाइ असर पर्न नहुनेमा उहाँको जाेड थियाे ।
गुरुङ समुदायले गण्डकी प्रदेशकाे नामाकरण तमुवान हुनुपर्ने र सरकारी कामकाजकाे भाषामा गुरुङ भाषालाई मान्यता दिनुपर्ने माग राख्दै आएका छन् ।
तर त्यसरी अधिकार माग गर्नुअघि भाषा लिपिकाे विकास हुनुपर्ने र त्याे पूरा गर्न प्रविधिकाे व्यवस्थापन हुनुपर्ने बताउनुभयाे ।
साथै जातीय आधारमा अधिकार माग गर्दैगर्दा पहिला हामी नेपली हाे भन्ने बुझेर आफ्ना एजेण्डा अगाडि बढाउन उहांले सुझाव दिनुभयाे ।
महाधिवेशनले नया नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व राजनीतिबाट माथि रहेर गुरुङ जातीकाे भाषा,धर्म, संस्कृतिको संरक्षण गर्न सक्ने क्षमतावान साथै हक अधिकार माग गर्दै समुदायलाई एकीकृत गर्न सक्ने नेतृत्व चयन गर्न सुझाव दिनुभयाे ।
महाधिवेशन भाेलिसम्म चल्ने केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयाे । महाधिवेशनले ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । तीन वर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्न ६५ जिल्लाका १ हजार प्रतिनिधि भरतपुर आईपुगेका छन् ।