चितवन । गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नारायणगढ सेवा केन्द्रको हिजो शुभारम्भ गरिएको छ ।
गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका सहकारी रोजगार तथा प्रबद्र्धन शाखाका प्रमुख रामबाबु पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष भोजराज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का निर्देशक एवम् नविन अटो सेन्टरका सञ्चालक कपिल सागर कर्माचार्य, विश्वकर्मा सहकारी संघका अध्यक्ष विपिन रामदाम, चितवन जिल्ला हाट बजार व्यवसाय संघका अध्यक्ष लाल बहादुर राय, चितवन अटो मोवाइल रिकण्डिसन एशोसिएसनका अध्यक्ष सूर्य अधिकारी लगायतले सेवा केन्द्रको शुभारम्भको शुभकामना व्यक्त गर्नुभएको थियो ।
समुदायमा आधारित साकोसको रुपमा वि.सं. २०६९ साल भाद्र २४ गते सदस्यहरुको आर्थिक जीवन स्तरमा सुधार गरी सहकारी सिद्धान्तमा आधारित अत्याधुनिक प्रविधियुक्त सर्वसुलभ बित्तीय तथा अन्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको साकोसले इच्छाकामना–७, सिमलढापमा समेत सेवा केन्द्रको स्थापना गर्ने लक्ष्य राखेको छ ।
साकोसले कृषि, व्यापार, पशुपालन, कुखुरापालन, घर व्यवहार, शैक्षिक, युवा रोजगार, सामुहिक आयआर्जन, हायर पर्चेज, लघुवित्त कर्जा लगायतका शीर्षकहरुमा ऋण प्रदान गर्दै आईरहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सह–सचिव सूर्य कुमार सुनारले बताउनुभयो ।
सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नारायणगढका शाखा म्यानेजर सन्तोष ढकाल, बरिष्ठ सञ्चारकर्मी राजु भट्ट, सुनचाँदी व्यवसायी संघका अध्यक्ष बाबुराम रामदाम, साकोसका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सचिव मनिता सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजन कुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।



