चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले विभिन्न कार्यक्रम गरी २५ औँ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ । जसअन्तर्गत आईतवार भएको अन्तर स्कुल वक्तृत्वकला प्रथियोगितमा प्रेम बस्ती माध्यमिक विद्यालयका सुमना सुवेदी प्रथम, अर्बिट स्कुलका ऋषम गौतम द्धितीय, अर्विट स्कुलकै छात्र विपिन भण्डारी तृतीय हुनुभएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख अतिथि सुरेन्द्र अस्तफल, देवकी गौतम र मीन प्रसाद चापागाईं हुनुहुन्थ्यो । साकोसले चैत्र ३० गतेसम्म विभिन्न कार्यक्रम गरिने रजत महोत्सवका संस्थाका सचिव एवं तथा कार्यक्रम सञ्चालक हरिकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उनका अनुसार आज स्थानीय भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने र त्यसमा प्रेसर, सुगर, दन्त , थाईरोईड रोगको जाँच गरिनेछ । दन्त परीक्षणको सहयोगी संस्थाको रुपमा एपोलो डेण्टल क्लिनिक भरतपुर रहेको छ । अन्य सहयोगी संस्थाहरुमा मुटु अस्पताल भरतपुर, एरो फर्मास्युटिकल्स र केभा फर्मास्युटिकल्स प्रालि रहेका छन ।
यस्तै चैत्र २९ गते मंगलबार नेपाल रेडक्रस सोसाईटी, नारायणपुर उपशाखा र नारायणी साकोसको संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम राखिएको सचिव अधिकारीले जानकारी दिनुभयो ।



