×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

महिला लिगमा मंगलवार दुई खेल हुने


  •   सोमबार, चैत २८, २०७८
  • चितवन । राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे धनगढी र नेपाल पुलिस क्लबबीच हुनेछ भने दोस्रो खेल आर्मी र चन्द्रपुरबीच दिउँसो ४ः१५ बजे हुनेछ ।
    हिजो आइतबार भएको पहिलो खेलमा एपिएफले धनगढीलाई ९-१ को फराकिलो अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी साम्बाले ४, मन्जली कुमारी योन्जनले २ तथा अनिता केसी, सबिता राना मगर र रेनुका नगरकोटीले समान एक–एक गोल गरे ।

    Advertisement

    एपिएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । एपिएफका लागि साम्बाले पहिलो गोल गरिन् । १९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले अग्रता दोब्बर बनायो ।

    २५ औं मिनेटमा मन्जलीले गोल गरिन् । ३० औं मिनेटमा अनिता केसीले गोल गरेपछि एपिएफले ४–० को अग्रता लियो । ३८ औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ५–० को अग्रता लियो । ४३ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ६–० को अग्रता लियो ।

    दोस्रो हाफमा मैदान प्रवेश गरेकी सबिताले ६९ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता लम्बाईन्। ७४ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गरेपछि एपिएफले ८–० को अग्रता लियो । ९० औं मिनेटमा रेनुकाले एपिएफका लागि नवौं गोल गरिन् । अतिरिक्त समयमा धनगढीकी कप्तान चन्द्राले एक गोल फर्काईन् ।

    खेलको प्लेयर अफ दि म्याच एपिएफकी मन्जली घोषित भईन् । अपराजित रहेको आर्मीको यी छैटौं जित हो । जारी लिगमा एपिएफ एक मात्र शतप्रतिशत नतिजा निकाल्ने टिम हो । ६ खेल खेलेको एपिएफ १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । धनगढीको भने समान खेलबाट ३ अंक मात्रै छ ।

    यस्तै आजको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगरविरुद्ध सहज जित निकालेको छ । आर्मीले विराटनगरलाई ३–० ले पराजित गरेको हो ।

    आर्मीको जितमा शर्मिला थापा मगर, दिपा राई र अमिशा कार्कीले गोल गरे । पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो । १८ औं मिनेटमा शर्मिलाले गोल गर्दै पहिलो हाफमा आर्मीलाई १–० को अग्रता दिलाईन् ।

    ७८ औं मिनेटमा दिपाले गोल गरेपछि आर्मीले अग्रता दोब्बर बनायो । लगत्तै ८० औं मिनेटमा अमिशाले गोल गरेपछि आर्मी ३–० ले विजयी भयो । खेलको प्लेयर अद दि म्याच आर्मीकी दिपा राई घोषित भईन् ।

    यो जितपछि आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेलेको आर्मीको ४ जित र २ हारबाट १२ अंक भएको छ । समान खेलबाट ९ अंक नै बनाएको विराटनगर तालिकाको चौथो स्थानमा झरेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) ले अपराजित यात्रा कायमै राखेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.