×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदीलाई उम्मेदवार गराउने निर्णय


  •   आइतबार, चैत २७, २०७८
  • चितवन । नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय चितवनमा एक कार्यक्रमगरी सुवेदीलाई मेयरमा उठाउने निर्णय गरेर घोषणा गरिएको हो ।

    Advertisement

    पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुवेदी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

    भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम पनि चर्चामा थियो । २०७४ को निर्वाचनमा अन्तिम सयम मतपत्र च्यातिएपछि भएको पुन निर्वाचनपछि उहाँलाई रेनु दाहालले हराउनुभएको थियो ।

    मतगणनाको अन्तिम समय मतपत्र च्यातेपछि हार्नुपरेको बताउँदै आएको नेकपा एमाले चितवनले  पीडालाई परिपूर्ति गर्नपनि ज्ञवाली मेयर उठाउने चर्चावीच ज्ञवालीलेनै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो । पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता कृष्णभक्त पोखरेलले समर्थन गर्नुभएपछि आज घोषणा गरिएको हो ।

    बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री हुनुभएका सुवेदीले नेकपा एमाले चितवनको तीन पटक पार्टी अध्यक्ष भएर जिम्मेवारी निभाइसक्नुभएको छ ।मेयरको उम्मेद्वार घोषणा गरिएका सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका सक्रिय व्यक्ति हुनुहुन्छ भने चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित हुनुहुन्छ। सुवेदीले भरतपुर अस्पतालको अध्यक्ष हुँदा उल्लेख्य काम गर्नुभएको र आगामी चुनावमा जित निश्चित रहेको नेताहरुको दाबी छ ।

    भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उहाँ लोकप्रिय नेता मानिनुहुन्छ ।
    एमालेले भरतपुर महानगरमा राप्रपालगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेका कारण उपमेयरको पद भने खाली राखेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.