×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ११ को वडा अध्यक्षमा एमालेले पुनः गोविन्द सुवेदीलाई दोहोर्याउने निर्णय


  •   आइतबार, चैत २७, २०७८
  • डोलराज रानाभाट, गैँडाकोट । आगामी स्थानीय चुनाव २०७९ का लागि नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा पुन: गोविन्द सुवेदीलाई उठाउने निर्णय गरेको छ । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा ७७८ मत सहित जित हासिल गरेर जनताको पक्षमा धेरै काम गर्नुभएका सुवेदीलाई पुनः दोहोर्याउने निर्णय एमालेले गरेको हो ।

    Advertisement

    नेकपा एमाले गैँडाकोट ११ को वडा कमिटीको आज बैठक बसेर आकांक्षि अन्य भएपनि पुनः सुवेदीलाई आफ्नो कार्यकालमा गर्नुभएको उपलब्धिको मूल्याङ्कन सहित मौका दिने निष्कर्षमा पुगी  वडा कमिटी अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा आज बैठक बसेर सो निर्णय गरिएको हो ।

    वडाअध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा गैँडाकोट नगरपालिकालाई ठूलो हिस्सामा सहयोग पुग्नेगरी कृषि, पशुपालन क्षेत्रमा राम्रो उपलब्धि दिन सफल हुनुभयो । साथै १८ वटा वडा रहेको गैँडाकोटमा दुई वटा वडामात्रै बालमैत्री घोषणा भए । जुन वडानम्वर १ र उहाँकै वडा नम्वर ११ हो । आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्न समेत सफल उहाँले जनताको धेरै मन जित्नुभएको बताइन्छ । सुविधासम्पन्न संयुक्त वडा भवन निर्माण देखि नगरअस्पताल आफ्नै वडामा निर्माण गराउन उहाँ सफल हुनुभयो ।

    वडाअध्यक्ष पदमा निर्वाचित भएपनि जनतासँग सहजै प्रस्तुत हुने र जनमैत्री कार्य गरेकै एमाले बाहेक अन्य पार्टीमा रहेका नेता कार्यकर्ताले पनि उहाँलाई विकासप्रेमीको रुपमा चित्रण गर्नेगरेका कारण पुन दोहोरिने अवसर उहाँले पाउनुभएको एमालेले जनाएको छ ।

    पाँच वर्षको मुख्य उपलब्धि कृषिमा देखिएको दाबी गर्ने वडाअध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा ९ सय मिटर पक्की कुलो निर्माण, प्रत्येक खेतीयोग्य जमिनमा पूर्ण विद्युतीकरण, त्यसमार्फत ३८ वटा बोरिङ संचालन गरी सिंचाइको सुविधा,प्रत्येक खेतमा कृषि मार्ग पुर्याउन सफल हुनुका साथै बोरिङमा लाग्ने मर्मत, विद्युतीय शुल्क सवै वडाले निःशुल्क गरिदिएको छ ।

    खेलकुद ग्राउण्ड निर्माण देखि ५१ सालमा ९ कित्तामा विभाजित गौचरनलाई एकीतृत गरी सरकारका नाउँमा लालपुर्जा ल्याएर अस्पतालाई दिन पनि उहाँ सफल हुनुभएको हो ।

    अव मालपोतको शाखा कार्यालय जसरी पनि ल्याउने बताउने सुवेदी चाँडै अन्य प्रतिवद्धता पत्र सहित जनतामाझ आउने घटनाचक्रलाई बताउनुभयो ।

    सदस्यका लागि पार्टीमा ११ जनाले आकाक्षा राख्नुभएको र उहाँहरुको टुंगो लागेपछि थप जनतामैत्री योजना सार्वजनिक गरेर चुनावी प्रचारमा जाने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.