डोलराज रानाभाट, गैँडाकोट । आगामी स्थानीय चुनाव २०७९ का लागि नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा पुन: गोविन्द सुवेदीलाई उठाउने निर्णय गरेको छ । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा ७७८ मत सहित जित हासिल गरेर जनताको पक्षमा धेरै काम गर्नुभएका सुवेदीलाई पुनः दोहोर्याउने निर्णय एमालेले गरेको हो ।
नेकपा एमाले गैँडाकोट ११ को वडा कमिटीको आज बैठक बसेर आकांक्षि अन्य भएपनि पुनः सुवेदीलाई आफ्नो कार्यकालमा गर्नुभएको उपलब्धिको मूल्याङ्कन सहित मौका दिने निष्कर्षमा पुगी वडा कमिटी अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा आज बैठक बसेर सो निर्णय गरिएको हो ।
वडाअध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा गैँडाकोट नगरपालिकालाई ठूलो हिस्सामा सहयोग पुग्नेगरी कृषि, पशुपालन क्षेत्रमा राम्रो उपलब्धि दिन सफल हुनुभयो । साथै १८ वटा वडा रहेको गैँडाकोटमा दुई वटा वडामात्रै बालमैत्री घोषणा भए । जुन वडानम्वर १ र उहाँकै वडा नम्वर ११ हो । आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्न समेत सफल उहाँले जनताको धेरै मन जित्नुभएको बताइन्छ । सुविधासम्पन्न संयुक्त वडा भवन निर्माण देखि नगरअस्पताल आफ्नै वडामा निर्माण गराउन उहाँ सफल हुनुभयो ।
वडाअध्यक्ष पदमा निर्वाचित भएपनि जनतासँग सहजै प्रस्तुत हुने र जनमैत्री कार्य गरेकै एमाले बाहेक अन्य पार्टीमा रहेका नेता कार्यकर्ताले पनि उहाँलाई विकासप्रेमीको रुपमा चित्रण गर्नेगरेका कारण पुन दोहोरिने अवसर उहाँले पाउनुभएको एमालेले जनाएको छ ।
पाँच वर्षको मुख्य उपलब्धि कृषिमा देखिएको दाबी गर्ने वडाअध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा ९ सय मिटर पक्की कुलो निर्माण, प्रत्येक खेतीयोग्य जमिनमा पूर्ण विद्युतीकरण, त्यसमार्फत ३८ वटा बोरिङ संचालन गरी सिंचाइको सुविधा,प्रत्येक खेतमा कृषि मार्ग पुर्याउन सफल हुनुका साथै बोरिङमा लाग्ने मर्मत, विद्युतीय शुल्क सवै वडाले निःशुल्क गरिदिएको छ ।
खेलकुद ग्राउण्ड निर्माण देखि ५१ सालमा ९ कित्तामा विभाजित गौचरनलाई एकीतृत गरी सरकारका नाउँमा लालपुर्जा ल्याएर अस्पतालाई दिन पनि उहाँ सफल हुनुभएको हो ।
अव मालपोतको शाखा कार्यालय जसरी पनि ल्याउने बताउने सुवेदी चाँडै अन्य प्रतिवद्धता पत्र सहित जनतामाझ आउने घटनाचक्रलाई बताउनुभयो ।
सदस्यका लागि पार्टीमा ११ जनाले आकाक्षा राख्नुभएको र उहाँहरुको टुंगो लागेपछि थप जनतामैत्री योजना सार्वजनिक गरेर चुनावी प्रचारमा जाने बताउनुभयो ।