चितवन । चितवनमा हिजो दुई म्याजिक ठक्कर खादा ८ जना घाइते भएका छन् । बिहान ८ बजेतिर भरतपुर महानगरपालिका १४ लाफाचोकमा पटिहानिबाट गितानगर तर्फ आउदै गरेको ना १ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा ना १ ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएका हुन् ।
दुबै सवारी साधन र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाईतेहरुको एलाईभ अस्पतालमा उपचार भईरहेको छ ।
घाइते हुनेहरुमा ना १ज ४१८१ म्याजिकमा सवार कास्की पोखरा १५ नयाँगाउ बस्ने बर्ष ५० की कृष्णमाँया सापकोटा, भरतपुर ९ शरदपुर बस्ने बर्ष ४७ की सरस्वती देवकोटा, भरतपुर गौरिगन्ज बस्ने बर्ष १८ को प्रबिण ढकाल, भरतपुर ८ बस्ने बर्ष १४ को सुशिल देवकोटा, बर्ष २७ को सन्जय सापकोटा, बर्ष १६ की सलिना देवकोटा, बर्ष ३४ की अन्जु थपलिया रहेका छन् ।