चितवन । जिल्लाको राजनीतिमा सक्रिय भएर लामो समय काम गर्नेहरु बिभिन्न समयमा बिभिन्न मुद्दाहरु मुछिने गर्दछन् । बिषेशगरी राजनिति गर्ने नेताहरु आर्थिक रुपमा फस्ने गरेका घटनाहरु धेरै आउने गरेका छन् ।
राजनीति गर्ने र आर्थिक रुपमा पारदर्शी हुने नेताहरु बिरलै मात्रामा पाईन्छन् । यसमा नेपाली काँग्रेसको १३ औँ महाधिबेशन पछि कोषाध्यक्षको रुपमा काम गर्नु भएका शंकरप्रसाद कंडेल आफ्नो कार्यकाल आर्थिक रुपमा पारदर्शी वनाउन सफल बन्नु भएको छ । त्यतिमात्रै होइन राजनीतिक दलहरु चन्दा सहयोगविना चल्न सक्दैनन् भन्ने उक्ती छ तर कडेँलले चितवन काँग्रेसलाई चन्दाविहीन बनाउनुभयो । एक प्रसंगमा कोष गराउन लिएको सहयोग रकम समेत उक्त कोष अहिले नवनाउने भनेपछि सहयोग गर्ने व्यक्तिलाई फिर्ता गरेर उदाहरणीय रेकर्ड बनाउनुभएको छ ।जुन कार्यका लागि सहयोग लिइएको थियो त्यो कार्य नभएपछि सहयोगीलाई फिर्ता दिँदा सहयोग गर्ने व्यक्तिनै दङ पर्दै भनेका थिए रे ,“राजनीतिक दलले यसरी काम नहुँदा रकम फिर्ता गरेको रेकर्ड नै यो हो । धन्यवाद कोषाध्यक्ष र अहिलेको राजनीतिक नेतृत्वलाई ।”
१४ औं माहाधिबेशनका क्रममा उहाँले पार्टीको हिसाब सबै पारदर्शी तवरले पेस गरेको काँग्रेस नेता तथा कार्यकर्ताहरुले बताउँदै आएका छन् ।
विंसं. २०४७ सालमा नेबिसंघको राजनितिबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका कंडेल अहिले जिल्लाको सफल व्यवसायी संगै सफल राजनीतिज्ञ पनि हुनुहुन्छ । तत्कालिन भरतपुर महानगरपालिका वडा नम्बर ८ को नेबिसंघ अध्यक्ष भएर राजनितिमा लाग्नु भएका कंडेल अहिले नेपाली काँग्रेसको महासमिति सदस्य रहनु भएको छ ।
बिभिन्न समयमा पार्टी र बिभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्बाह गर्नु भएका कंडेल पछिल्लो समय चितवन काँग्रेसको जिल्ला कोषाध्यक्ष वन्दै गर्दा बिना चन्दा पार्टी संञ्चालन गर्न सफल बन्नु भएको छ । एक त पुरानो राजनैतिक दल त्यस माथि पनि चितवन जस्तो जिल्लालाई आर्थिक बिबादमा नपारी आफ्नो जिम्मेवारी पुरा गर्नु भएका कंडेल २०४९ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला सदस्य, २०५८ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको महाधिबेशन प्रतिनिधि एबं ट्रेड युनियन तथा मानवअधिकार बिभागको केन्द्रिय सदस्य भई सफलता पूर्बक कार्य सम्पन्न गर्नु भएको थियो ।
देशको राजनैतिक घटना क्रमसंगै काँग्रेसले गरेका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कंडेल २०५२ सालमा नेपाली काँग्रेस वडा कमिटिको सचिब हुदै नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष र अहिले महाधिबेशन एबं महासमिति सदस्य बन्नु भएको हो । कंडेल अहिले जिल्लामा चलेका अनमोल फिड्स, नवगंगा दाना उद्योग, अनमोल ह्याचारी लगाएतका व्यवसायीक संस्थाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ ।
तत्कालीन भरतपुर नगरपालिका नेपाली काँग्रेस नगरकमिट सदस्य, उद्योग बाणिज्य संघ चितवनका सदस्य, नेपाल पोल्ट्र व्यवसायी मञ्चको केन्द्रय अध्यक्ष, बिभिन्न बिद्यालय तथा सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनु भएका कंडेल अहिले स्थानिय तहको निर्वाचनमा आँफुलाई सक्रिय सहभागीता गराउने पक्षमा रहनु भएको देखिन्छ । काँग्रेस चितवनको सफल कोषाध्यक्ष बन्दै गर्दा अत्याधिक मतले महाधिबेशन प्रतिनिधि र सर्बसम्मत महासमिति सदस्य वन्नु भएका कंडेल १४ औं महाधिबेशनमा उहाँले अन्य कुनै पनि पदमा दावि गर्नु भएन । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा भने आँफुले भरतपुर महानगरको प्रमुखमा दावि गर्ने बताउनुभएको छ ।
पार्टीले दिएको जिम्मेवारीमा कुनै कन्जुस्याई नगरी काम गर्दै आउनु भएका कंडेलको व्याक्तित्व सबल रहेको छ । काँग्रेसको राजनितिमा मिजासिलो र सबै संग मिल्न सक्ने कंडेल बिबाद नभएका नेताको रुपमा चिन्न सकिन्छ । कोही कसैलाई अफ्ठ्यारो पर्दा बिना हिचकिचाहठ सहयोग गर्ने नेताको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ ।
उहाँलाई निर्वाचनमा उम्मेदवार बनाउँदै गर्दा अन्य दलका नेताहरुलाई समेत निर्वाचन जित्न असहज हुने आँकलन पुराना काँग्रेसीहरुले गर्दै आएका छन् । पोल्ट्री क्षेमा रहेर लामो समय काम गर्नु भएका कंडेल हरेक समस्या संग जुध्न सक्ने नेताको रुपमा चिनिनु हुन्छ ।
आर्थिक रुपमा पारदर्शी नेताको छबि बनाउन सफल हुनु भएका कंडेल उद्योगी व्यवसायीहरुको क्षेत्रमा समेत परिचित नाम भएकाले आफूले पार्टीबाट टिकट पाए निर्वाचन सहज रुपमा जित्ने बिश्वासमा हुनुहुन्छ । महानगरलाई बिकासका दृष्ट्रिले कस्तो वनाउने भन्ने बिषयमा भिजन बनाएर हिड्नु भएका कंडेलले महानगर प्रमुखमा दाबी गर्नु स्वभाविक रहेको काँग्रेस नेताहरु बताउँछन् ।