चितवन । स्थानीय तहको निर्वाचन आउन एक महिना बाँकी हुँदा चितवन काँग्रेसले भरतपुर महानगरको मेयर र उप–मेयरमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई मनोनयनका लागि आह्वान गरेको छ ।
Advertisement
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबार र भोलि सोमवारसम्म भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु भएको हो ।
नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आज र भोलि दुई दिनसम्म मनोनयन गर्ने समय तोकिएको महानगर सचिब कृष्ण बगालेले जानकारी दिनुभयो ।
आज बिहान ११ बजेबाट मनोनयन प्रक्रयिा शुरु हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सचिव बगालेका अनुसार भरतपुर महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उप मेयरको लागि दुइ हजार रुपैयाँँ तोकिएको छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।