×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पटिहानीमा २१ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न


  •   आइतबार, चैत २७, २०७८
  • चितवन । चितवनको भरतपुर महानगर २२ पटिहानीको कभर्डहलमा २१ औँ  जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
    राष्ट्रिय तेक्वान्दो जिल्ला संघ चितवनको प्राविधिक सहयोगमा लियो क्लव अफ बैद्धिकनगरको आयोजनामा कार्यक्रम भएको हो ।

    Advertisement

    भिटो एजुकेशन चितवनको प्रमुख स्पोन्सर रहेको कार्यक्रममा जिल्लाभरबाट १२२ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।
    लियो कुशल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ का वडाअध्यक्ष विष्णुराज महतो प्रमुख अतिथि र राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष एवम् महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो ।

    रेफ्री सन्तोष मर्दनीयका अनुसार जिल्लाभरबाट छनौटमा परेका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको हो । जसमा ६ तौल समूह ४५,४८ र ५१ केजी पुरुष तथा ४२,४४ र ४६ केजीतर्फ महिलाहरुबीच प्रतिस्पर्धा भएको हो ।
    प्रतियोगितामा ४५ केजी पुरुषमा सम्राट दराई, ४८ केजीमा सुजन तामाङ, ५१ केजीमा रस्मीत परियार प्रथम हुँदै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
    महिलातर्फ ३२ केजीमा दीक्षा चौधरी, ४४ केजीमा रोषनी श्रेष्ठ, ४६ केजीमा प्रतिभा श्रेष्ठ प्रथम हुँदै शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
    बेष्ट फाइटर पुरुषतर्फ सुजन तामाङ र बेष्ट फाइटर महिलातर्फको उपाधि प्रतिभा श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
    त्यस्तै टिमतर्फ गैँडाकोट तेक्वान्दो डोजाङ प्रथम हुन सफल भएको छ भने एके ४७ तेक्वान्दो डोजाङ द्धितीय र बारघरे तेक्वान्दो डोजाङ तृतीय भएको छ ।

    त्यस्तै पुम्से विधामा पुम्से नम्वर ९ तर्फ माडीका सुरेश तामाङ प्रथम, बाह्रघरेका स्वरुप कार्की दोस्रो,एके फोर्टीसेभेन र माडीका सिजन क्षेत्री तृतीय भएका छन् ।
    पुम्से नम्वर ८ तर्फ कृष्णपुरका रमेश तामाङ प्रथम, पिन्स रसाइली दोस्रो, गैँडाकोटका रोनी क्षेत्री र माडीका सुरेश तामाङ तेस्रो हुनुभएको छ ।
    महिलातर्फ पुम्से ८ तर्फ कृष्णपुरका ऋतु तामाङ प्रथम, गैँडाकोटका खुसी कार्की दोस्रो, माडीका कस्तीना महतो र करिना नगरकोटी तेस्रो हुनुभएको छ ।
    पुम्से नम्वर ९ तर्फ भने रोसनी श्रेष्ठ प्रथम हुनुभएको छ ।

    तेक्वान्दो खेलको विकास र यसतर्फ पनि खेलाडीहरुको भविष्य छ है भन्ने सन्देश दिन कार्यक्रम गरेको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष समेत रहनुभएका विकास श्रेष्ठको भनाई छ । लियो क्वलले खेल क्षेत्रको विकास गर्न यसरी आफूहरुसँग सहकार्य गरेर कार्यक्रम गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.