धनकुटा । कानुनले प्रतिबन्ध लगाएको लागूऔषध गाँजाका विषयमा आयोजित कार्यक्रममा अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालिएको छ ।
Advertisement
सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।
दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताउनुभयो ।