×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

टाइफाइड रोग विरुद्धको खोप अभियान चितवनमा पनि सुरु


  •   शनिबार, चैत २६, २०७८
  • भरतपुर । चितवनमा हिजोदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । १ लाख ९६ हजार ११ जनालाई खोप लगाउनेगरी अभियान सुरु भएको स्वाथ्य कार्यालय चितवनका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो ।

    Advertisement

    जिल्लाका सबै वडा र स्थानीय तहमा हिजोदेखि खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । खोप अभियान बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
    खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर मुनिका सबै बालबालिका समावेश हुनेछन् । विद्यालय र स्वास्थ्य संस्था मार्फत खोप प्रदान गरिने उहाँले जानकारी दिनुभयो । जिल्लाभर ५४० खोप केन्द्र राखिएको छ । भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनीमा ६२, राप्तीमा ६४, कालिका नगरपालिकामा ५३, माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्र रहेका छन् ।

    खोप केन्द्रहरुमा केन्द्रहरुमा ९४४ जना स्वास्थ्यकर्मी र १ हजार ३९४ जना स्वास्थ्य स्वयं सेवक खट्ने उहाँले जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनले नेपालमा २०१७ सालमा नै टाइफाइड विरुद्धको खोप लगाउन सिफारिस गरेको थियो । तर, कोरोनाका कारण रोकिएको खोप अभियान पुन सुचारु गरिएको केसीले बताउनुभयो ।

    यो खोप ९६ प्रतिशत प्रभावकारी रहेको दावि गरिएको छ । यो खोप जीवनमा एक पटक दिइने छ । यसलाई नियमित रुपमा नै सञ्चालन गर्ने केसीले बताउनुभयो । उच्च ज्वरो र अन्य खोप लगाएको १५ दिन नकटेका बालबालिकालाई खोप लगाउन नहुने उहाँले बताउनुभयो ।
    भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको प्रमुख आतिथ्यतामा हिजो अभियानको सूरु गरिएको थियो । यो अवधिमा १ हजार ३९४ स्वयंसेविक खटिनेछन् ।
    अभियान सम्पन्नपछि यस खोपलाई नियमित खोपको रुपमा सरकारले लागू गर्ने र त्यसपछि १५ महिना कटेका तर २ वर्ष मुनिका बालवालिकालाई यो खोप निरन्तर लगाइनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.