×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमबीएमा स्नातकोत्तर गरेका बोष्टन कलेजका ९९ विद्यार्थी दीक्षित


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । चितवनको भरतपुरमा अवस्थित बोष्टन ईन्टरनेशनल कलेजले एमबीएमा स्नातकोत्तर गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दीक्षित गरिएको हो ।

    Advertisement

    कलेजले २०१७ मा पोखरा विश्वविद्यालय मार्फत एमबीए कक्षा सञ्चालनको मान्यता पाएको थियो । अहिलेसम्म यस कलेजबाट १६० जनाले स्नातकोत्तर पास गरेको बोष्टन कलेजका एमबीए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले जानकारी दिनुभयो । एमबिएका कक्षा सञ्चालनका लागि बोष्टन कलेजलाई ३० जना विद्यार्थीको कोटा रहेको छ ।

    कलेजका प्रेम गैरेका अनुसार दीक्षित कार्यक्रमको यो दोस्रो संस्करण हो । विद्यार्थीहरुलाई हौसाला सहित भविष्यको उज्वल मार्गमा पुर्याउन सहयोग पुग्ने गरी दीक्षित गरिने बतानुभयो । यसले विद्यार्थीहरुलाई थप हौसला मिल्ने उहाँको भनाई छ ।
    कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका डिन, सह–प्राध्यापक डा। दयाराज ढकालले दिक्षीत विद्यार्थीलाई शुभकामना दिँदै सकारात्मक सोचका आफ्नो शैक्षिक योग्यतालाई बृद्धि गर्न जोड दिनुभएको थियो ।

    दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको बताउनुभयो । पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासिय कार्यशालाहरु गराउने, ईन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउन देशभित्र तथा विदेशमा समेत लैजाने गरेको जानकारी गराउनुभयो ।


    कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्वदेशमा हासिल गरेको ज्ञान र दक्षता यही देशमा प्रयोग गर्न सुझाव दिँदै विदेश नजान आग्रह गर्नुभयो । साथै धेरै लगानी र मेहनले स्नातकोत्तर गर्ने सवै विद्यार्थीलाई बधाई दिनुभयो ।

    एमबीए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ,महिला उद्यमी विकास समितिका सहअध्यक्ष जुना माथेमा ,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप प्रध्यापक श्रमिका रिजाल लगायतको उपस्थिति रहेको थियो ।

    कलेजका प्रेम गैरेका अनुसार दीक्षित विद्यार्थीहरुलाई उनीहरुको क्षमता र सम्वन्धित क्षेत्रमा जागिरका लागि कलेजले समेत पहल गर्नेछ । स्किल ल्यावसँग मिलेर कलेज कनेक्ट कार्यक्रम रहेको र त्यहाँबाट भ्याकेन्सीको बारेमा जानकारी लिनुका साथै व्यक्तिगत पहल लगाएतको प्रकृया बढाइदिने बताउनुभयो । साथै विश्वविद्यालयमा त दीक्षान्त समारोह हुन्छ तर कलेजले दीक्षित गरेर विद्यार्थीहरुलाई हौसला दिने चितवनका कलेजमध्ये बोष्ट नै पहिलो भएको उहाँको दाबी छ ।

    कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुले आफ्नो भोगाई, कक्षामा भएगरेका मीठा, ठट्यौली सहित आगामी भविष्यको योजनाका विषयमा आफ्नो धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.