×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तमू ह्युलको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने, तयारी सुरु


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । भरतपुरको सिएमटी रिसोर्टमा चैत २८ र २९ गते महाधिवेशन हुने शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो। महाधिवेशनमा सहभागी हुन देशरभका ६५ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने परिषदका अध्यक्ष रेशम गुरूङले जानकारी दिनुभयो ।

    Advertisement

    सवैलाई नारायगढका होटलहरुमा व्यवस्थापन गर्ने उहाँको भनाई छ । यस पटक स्थानीय निर्वाचन समेत नजिक भएकाले दुइ दिनमै महाधिवेशन सकाउनेगरी तयारी भइरहेको बताउनुभयो ।

    आजभन्दा १४ वर्षअघि पहिलोपटक एकता महाधिवेशन पनि चितवनमै भएको थियो । देशको भूगोललाई हेरेर फेरि पनि चितवनलाई नै महाधिवेशनस्थलको रुपमा छनौट गरिएको र ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ चौथो महाधिवेशन हुने उहाँको भनाई छ ।
    यो महाधिवेशनबाट संस्थाले हालसम्म भाषिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक एवं अन्य अधिकार प्राप्तिका लागि गरेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा अंगीकार गर्नुपर्ने नीति तथा कार्यक्रमसमेत तय गर्ने उहाँको भनाइ छ ।

    साथै वर्तमान गण्डकी प्रदेशलाई तमूवान प्रदेश घोषणा गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गर्ने, संघमा एक प्रतिशतभन्दा धेरैले बोल्ने भाषा र गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न ठोस नीति तथा कार्यक्रमका साथै रणनीति तय गर्नेछ ।

    यस्तै राज्यको सबै अंग र तहहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चित गराउन राज्यलाई दबाब दिने, संघीयतालाई संस्थागत गर्दै आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास गर्ने÷गराउने, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न रणनीति तय गर्ने, आदिवासी जनजातिका आन्दोलनलाई विभेद र असमानता अन्त्यको आन्दोलनका रूपमा विकास गर्दै जातीय सहिष्णुता अझै मजबुत बनाउने, सुकदेव गुरूङ, सुपति गुरूङलाई राष्ट्रिय सहिद तथा झागल गुरूङ, वंशु गुरूङ र डा.हर्क गुरूङलाई राष्ट्रिय विभूति घोषणा गनेलगायतका विषयले पनि मह¤व पाउने उहाँको भनाइ छ ।

    चैत २८ गते बिहान १०ः३० देखि १ बजेसम्ममा उद्घाटन सत्र छ भने सोही दिन दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र हुनेछ । साँझ ८ बजेदेखि करिब डेढ घण्टा भने सांस्कतिक साँझ हुनेछ, जसमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन् ।

    निर्वाचन प्रकृया भने सोही दिन साँझ ५ः३० बजेदेखि २९ गते बिहान ११ः३० बजेसम्म रहने आयोजक समितिले जनाएको छ । त्यसपछि भने संस्थाले कुल ७७ सदस्यीय नयाँ नेतृत्व पाउनेछ । सकेसम्म सर्वसम्मतमै नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष गुरुङको दावी छ ।

    देशभर ६५ जिल्लामा संगठन बिस्तार गर्न सफल ह्युल छोँज धीँले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङको उपस्थितिमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशन सम्पन्न गर्न व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला समिति चितवनका अध्यक्ष एवम् व्यवस्थापन समितिका संयोजक गणेशबहादुर गुरूङका अनुसार केन्द्रीय अध्यक्ष रेशम गुरूङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति र चितवन जिल्ला अध्यक्षको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन समिति गठन गरी तयारी गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.