चितवन । चितवनमा बाल यौन दुव्र्यबहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार भरतपुर महानगरपालिका १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका शिक्षक ५८ वर्षीय फणीन्द्र भट्टराइ र ५२ वर्षीय बिमल प्रसाद देवकोटालाई पक्राउ गरिएको हो ।
भट्टराइले कक्षा ४ मा अध्यनरत अन्दाजि बर्ष १३ कि नाबालिकालाई र देवकोटाले कक्षा ६ मा अध्यनरत बर्ष १२ की नाबालिकलाई कक्षामा पढाउने क्रममा बिभिन्न बहाना बनाउँदै संबेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाउने गरेको भन्दै दुबै नाबालिकाको अभिभावकले चैत २४ गते जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी परेपछि प्रहरीले दुबैजना शिक्षकहरुलाई सोही दिन पक्राउ गरी चितवन जिल्ला अदालतबाट आज म्याद अनुमती लिई थप अनुसन्धान कार्यभई रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
पटक पटक यौन दुव्र्यवहार गर्ने गरेका यी दुइ शिक्षकलाई कडा कारवाही गर्न माग गर्दै विद्यार्थी र अभिभावक जिल्ला प्रहरी कार्यालय चितवन आएका थिए ।