×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरमा साइक्लिङ म्याराथन हुने, प्रथम पुरस्कार ४५ हजारसम्म


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । चितवनकाे भरतपुरमा साइक्लिङ म्याराथन हुने भएकाे छ ।
    प्रज्ञा स्मृति प्रतिष्ठान नेपालको आयाेजना र नेपाल साइक्लिङ संघकाे प्राविधिक सहयाेगमा चैत २६ देखि भरतपुरमा ‘प्रज्ञ स्मृति भरतपुर साइक्लिङ म्याराथन´ प्रतियोगिता हुने आज पत्रकारसम्मेलनगरि जानकारी दिएकाे हाे ।
    प्रतियोगिता संयोजक सन्त कुमार दरैका अनुसार सम्पुर्ण पूर्व तयारी सकिएको छ । नारायणी नदि किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र हालसम्म ८६ जनाले नाम दर्ता गराएकाे, त्यसमध्ये १२ जना महिला रहेकाे दरैले बताउनुभयो । दर्ता गराउन आउनेकाे संख्या बढ्नसक्ने छ।

    Advertisement

    प्रतियोगितामा पाँच विधा छन् । इलिट मेन १९ प्लस,इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस,ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जाे काेही सहभागी हुन पाउने आयाेजकले जनाएको छ ।
    प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई ४५ हजारका दरले, ३० वर्ष माथिकाे विधामा २५ हजार, ५० वर्ष माथिकाे विधामा २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई २०/२० हजार नगद पुरस्कार रहने आयाेजकले जनाएको छ।
    प्रतियोगितामा १०आै स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था रहेकाे छ ।

    भरतपुर महानगरमा निर्माण रिङ्गराेड सहितका सडक आयाेजना  साईकलमैत्री रहेकाे सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पुर्याउने साईकलकाे प्रयाेग बढाउन प्रतियोगिता गराउन लागिएको आयाेजककाे भनाइ छ।
    करिव २ घण्टाकाे प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्याली सहित पुन: नारायणी तिरमा आइ समापन हुनेछ ।

    प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । साथै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने आयाेजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पिडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनायाे । प्रतियोगिताको कुल बजेट रकम रु. ४२ लाख ७३ हजार ३३५ र विजेता खेलाडीहरुलाई नगद पुरस्कारमा मात्रै रु. ५ लाख ९५ हजार खर्च हुनेछ ।
    प्रतियोगितामा काठमाडौ सहित हेडाैंटा, पाेखरा, बारा, पर्सा, एपीएफबाट समेत सहभागीता रहनेछ।
    विहान सात बजे प्रतियोगिता सुरु हुनेछ।
    प्रचण्डकाे छाेरी ज्ञानु र छाेरा  प्रकाश दाहालकाे निधन भएपछि उहांहरुकाे स्मृतिमा प्रतिष्ठान बनाएकाे महानगर प्रमुख रेनु दाहालले बताउनुभयाे ।

    शाेकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएकाे र याे पहिलाे आैपचारिक कार्यक्रम भएकाे समेत दाहालकाे भनाइ थियाे । साथै भरतपुरकाे रिङराेड अहिले ६६ किलोमिटर रहेपनि चांडै  ८८ किलोमिटर रिङराेडमा म्याराथन हुने दाबी गर्नुभयाे ।

    प्रतियोगितामा माउन्टेन बाईक मात्रै प्रयाेग गर्न  पाईने र सहभागीकाे बीमा समेत आयाेजकले गरिदिने बताईएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.