×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा टाइफाइडरोग विरुद्धको खोप लगाउने अभियान आजदेखि


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । चितवनमा टाइफाइड खोप अभियान आजदेखि संचालन हुँदैछ । चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    Advertisement

    टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । केसीका अनुसार चितवनमा ९५ प्रतिशत बढी लक्ष्य हासिल गर्नेगरी १ लाख ९६ हजार ११ जनालाई खोप लगाउने उहाँको भनाई छ । खोप लगाउने संख्या विद्यालयबाट मगाइएको र अभियानमा लक्षित वर्गलाई नछुटाउने गरी तयारी भइरहेको उहाँको भनाई छ ।

    १ लाख ५९ हजार २४६ जना विद्यालयबाट र ३६ हजार ५६६ जना विद्यालयबाहिरबाट तथ्याङ्क लिएको र सोही अनुसार खोप लगाइने छ ।
    जिल्लाका विभिन्न स्थानमा रहेका निजी र सरकारी विद्यालयमा गरी ५४० वटा खोप केन्द्र रहेको र ९४४ जना स्वास्थ्यकर्मी खोप लगाउन खटाइनेछ । १ हजार ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । २०० जना विद्यार्थी पुगेको विद्यालयमा खोप केन्द्र राखिएको र चाप अनुसार ९४४ खोप सेसन कायम गरिएको छ ।

    जनस्वास्थ्य अधिकृत दिपक सुवेदीका अनुसार अभियान सम्पन्न पछि १५ महिनादेखि दुई वर्ष उमेर समूहका बालवालिकालाई टाइफाइड खोप नियमित रुपमा लगाउनेगरी सरकारको योजना रहेको बताउनुभयो ।

    दुषित खाना र पानी र दिसा खाँदा यो रोग लाग्ने र उपचार पनि हुनेभएपनि समयमै लक्षण नहुँदा धेरैलाई सर्न सक्ने जोखिम रहेको सुवेदीको भनाई छ ।
    भारतमा बनाइएको यो खोप लक्षित वर्गलाई शुन्य दशमलव ५ मिलिलिटर डोज दिइने र अहिले चितवनका लागि २८ हजार ९४४ डोज प्राप्त भइसकेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर विरामी भएकाहरुलाई बाहेक र कुनै खोप लिइएको अवस्था छ भने १५ दिनको ग्याप राखेर यो खोप लिनुपर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.