×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा टाइफाइड रोग बिरुद्धको खोप अभियान , तीन पालिकामा एकैसाथ सुरु हुँदै


  •   शुक्रबार, चैत २५, २०७८
  • नवलपुर । नवलपुरमा टाईफाईड रोग विरुद्धको खोप अभियान हिजोदेखि सुरु भएको छ । स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईका अनुसार जिल्लाका चार स्थानीय तहमा हिजो एकसाथ खोप लगाउने अभियान सुरु भएको हो ।
    चापागाइका अनुसार हिजोदेखि देवचुली नगरपालिका, कावासोती नगरपालिका,हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा टाइफाइड रोग विरुद्धको खोप लगाउन सुरु भएको हो।
    बाँकी रहेका स्थानीय तह मध्यविन्दु, गैँडाकोट,बौदीकालिमा चैत २५ अर्थात् आजदेखि र बुलिङ्गटारमा चैत २७ देखि खोप अभियान सुरु हुनेछ ।

    Advertisement

    १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई बिद्यालयलमा खोप केन्द्र शिविर बनाएर खोप लगाईने उहाँको भनाई छ । बिद्यालय नजाने उमेरका बालबालिकालाई समेत स्थानीय स्वास्थ्य शाखाले तोेकेको खोप केन्द्र अर्थात पायक पर्ने विद्यालयमा तोकिएको समयमा पुर्याएर खोप लगाउन उहाँको आह्वान छ । खोप लगाउने अभियानको सवै तयारी पूरा भएको चापागाइले बताउनुभयो ।

    बिश्व स्वास्थ्य संगठनले सिफारीस गरेको टाईफाईड कन्जेकेट भ्याक्सिन जिल्लाका करिव ८५ हजार बालबालिकालाई दिईने कार्यालय प्रमुख चापागाईले बताउनुभयो । बिद्यालय परिसरबाट सेवा प्रवाह गरिने भएकाले सम्वन्धित पालिकाको स्वास्थ्य शाखाले बिद्यालयका प्रधानाध्यापक र खोप केन्द्र विद्यालयका एक शिक्षिका समेतलाई अभिमुखीरकणमा समावेश गराएर प्रभावकारी सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ ।

    अभियानमा दुइ सय ५० वटा खोप केन्द्रबाट खोप लगाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । खोप केन्द्रमा तीन सय १० स्वास्थ्यकर्मी परिचालन गरिने छ । टाइफाइड विरुद्धको खोप अभियानका लागि नवलपुरमा १६ हजार आठ सय ९६ भाइल खोप आएको छ । सामान्य बिरामी परेका वा औषधि सेवन गरेका बालबालिकालाई खोप दिन मिल्ने भएता पनि अति ज्वरो वा दिर्घ प्रकृतिका रोगी बालबालिकालाई खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने स्वास्थ्य प्रमुख चापागाईले बताउनु भयो ।

    यो अभियान सकिएपछि भने टाइफाइड खोपलाई नियमित गरिने तर दुई वर्षभन्दा मुनि १५ महिना माथिका बालवालिकालाई मात्रै लगाइने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.