×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विद्यालयका लागि भरतपुरमा शान्ति सुरक्षा सम्बन्धि पाठ्यसामाग्री निर्माण


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । अपराधिक गतिविधिबाट बच्ने विधि तथा कानुनी प्रावधान, दुर्घटना न्यूनिकरण तथा शान्ति सुरक्षा सम्बन्धि पाठ्यासामाग्रीनै बनाएर चितवनको भरतपुरका विद्यालयहरुमा लागू गरिने भएको छ । त्यसका लागि आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेर सामुदायिक तथा निजी विद्यालयहरुलाई वितरण गर्ने र विद्यार्थीलाई पढाउने गरी आज प्रधानाध्यापकहरुसँग सम्झौता भएको हो ।

    पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।

    समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।

    सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु–सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारीदिनुभयो ।
    यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने उहाँको भनाई छ । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथि हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको उहाँको भनाई थियो ।

    पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।

    मेयर रेनु दाहालले चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको जानकारी दिनुभयो ।

    भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताउनुभयो । कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।

    सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्रअ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताउँदै पाठ्यपुस्तकलाई विद्यार्थीमाझ लगेर जानकारी गराउने बताउनुभयो । त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय तहका बिद्यार्थीका लागि पनि आवस्यक रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.