चितवन । स्थानीय चुनाव आउन एक महिना केही दिन बांकी हुंदा कांग्रेस चितवनका नेताहरुले भरतपुर महानगरपालिकाकाे मेयर नछाड्न दबाब सुरु गरेका छन् ।
महानगरमा माओवादी केन्द्रकाे दाबी कायम रहेकाे प्रचण्डले बताईरहदा कांग्रेसका जिल्ला नेताहरु भने केन्द्रमै पुगेर शीर्ष नेताहरुलाई भेटी महानगर नछाड्ने बताएका हुन् ।
चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेटगरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका हुन्।
भेटमा वरिष्ठ नेता पौडेलले यसबारेमा आफुले पार्टीमा कुरा राख्ने र सकेसम्म भरतपुरमा काङ्ग्रेसलेनै मेयर पाउने बिचार राखेको जिल्ला सभापति खनालले बताए । खनालका अनुसार आजै पार्टी केन्द्रिय कार्यालयमा पनि यस बिषयमा कुरा राखिने छ।
लबिङको लागि खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला र पूर्ब सांसद जगन्नाथ पौडेल बरिस्ठ नेता पौडेल निवास पुगेका हुन् ।
माओवादीले भरतपुरमा मेयर आफ्नो हुने दाबी गरिरहँदा काङ्ग्रेसका जिल्ला नेता भरतपुरको मेयरको बिषयलाई लिएर काठमाडौ जानुलाइ अर्थपूर्ण रुपमा लिइएको छ। चुनाव आउन धेरै समय बांकी नहुंदा गरिएको भेटले गठबन्धनमा जटिल हुने सम्भावना देखिएकाे छ । हिजाे चितवन आउनुभएका प्रचण्डले चितवनमा आफ्नाे छाेरी रेनु दाहाललाई पुन दाेहाेर्याउने र त्यसमा सवैले सघाउन घुमाउराे भाषामा आग्रह गर्नुभएको थियाे ।



