चितवन । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सांढे १० बजेतिर मृत्यु भएको हाे ।
प्रहरीका अनुसार महताे सवार बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर पुर्व पश्चिम सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आंउदै गर्दा पल्टिएको हाे ।