चितवन । नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उप–समितिमा चितवनका १० युवा नेता चयन भएका छन । केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उप–समितिमा समितिका संयोजक डा. प्रकाशशरण महतले चितवनका १० जना सहितका सदस्यहरु मनोनयन गर्नुभएको हो । उप–समितिमा चितवनका युवा नेता घनश्याम पौडेल ‘श्याम’ समेत पर्नुभएको छ ।
२०६२÷०६३ जनआन्दोलनका घाइते समेत रहनुभएका पौडेल पोखराको बिद्यर्थी राजनितीमा लामो समय सक्रिय हुनुभयो । २०६९ देखि चितवन काङ्रेसको सक्रिय राजनितिमा हुनुभएका पोडेल सवैका प्रिय हुनुहुन्छ ।
अहिले चितवन काङ्ग्रेसको जुझारु युवा नेताका रुपमा स्थापित पौडेल नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि र तरुण बिभागको सदस्यमा रहि पार्टिमा सक्रिय हुनुहुन्छ । काङ्ग्रेस भित्रै हिन्दुराष्ट्र पक्षधर उहाँ बिश्वहिन्दु युवा संघ चितवन संयोजक समेत हुनुहुन्छ ।
पौडेल सहित सो समितिमा निलकण्ठ रिजाल, निर्मल पौडेल, परमेश्वर खनाल, बिनय राम भट्ट, मित्रनिधि तिवारी, हिमाल अधिकारी, दिपक दवाडी, सूर्य ढकाल र रामप्रसाद अधिकारी सदस्यमा चयन हुनुभएको छ ।
कांग्रेसकाे युवा प्रचार नेटवर्क उप-समितिमा चितवनका पौडेल सहित १० जना चयन
कांग्रेसकाे युवा प्रचार नेटवर्क उप-समितिमा चितवनका पौडेल सहित १० जना चयन
Advertisement
तपाईको प्रतिक्रिया