गैँडाकोट । स्थानीय चुनाव २०७९ आउन एक महिना केही दिन बाँकी हुँदा नेपाली काँग्रेस गैँडाकोट ८ ले वडाअध्यक्षका आकाक्षिहरुको नाम सिफारिस गरेको छ ।
वडासचिव जीवन पौडेलका अनुसार नेपाली कांग्रेस वडा कार्यसमिति, गैंडाकोट –८ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ताका लागि आज वडा भेला आयोजना गरेको थियो ।
सोही भेलाले काशिराम सापकोटा, नरजङ राना, गंगाधर सापकोटा, खगेश्वर गौडेल, रविन्द्र न्यौपाने, प्रेम सापकोटा,बाल प्रकाश अधिकारी,नगेन्द्र रिजाल,प्रेम सापकोटा (राजु), सालिकराम सापकोटा ,कलाधर पौडेल, तारानाथ सुवेदी र पशुपति सापकोटाको नाम सिफारिस गरेको छ । साथै वडा सचिव जीवन पौडेलले वडा सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गनुृभएको छ। आफू युवा रहेको र जोस, जागर, इच्छा शक्ति र सम्पुर्ण समय साथै आर्थिक पारदर्शिताका साथ आगामी वडा अध्यक्षको कार्ययोजना अनुरुप कार्य गर्ने प्रतिबद्धता सहित वडा सदस्यमा उम्मेदवारी दिने बताउनुभएको हो ।
स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा वडा सभापति रामप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो भने कार्यक्रम सचिब जीवन पौडेलले सहजीकरण गर्नुभएको थियो ।