×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरबाट लालपुर्जा वितरण सुरु, विकास देखेर प्रचण्डको छोरी रेनु होइन रेनुको वुवा प्रचण्ड भाछ : प्रचण्ड


  •   बुधबार, चैत २३, २०७८
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा भएको विकास देखेर छोरी रेनुको परिचयनै फेरिएको बताउनुभएको छ । भरतपुर २ आँपटारीमा भूमिहीन दलितहरुलाइ लालपुर्जा वितरण गरेपछि सम्वोधन गर्दै उहाँले २०७४ चुनावतिर प्रचण्डको छोरी रेनु भनेर चिनिन्थ्यो तर अहिले विकास देखेर रेनुको वुवा प्रचण्ड भन्ने सुनिन्छ भन्दै महिलाहरुलाई नै अवको चुनावमा अवसर दिनुपर्नेमा उहाँको जोड थियो।

    Advertisement

    महागनरमा मेयर उपमेयर दुवै जना महिला भएर जनताको चाहाना अनुसार काम गरेको र निरन्तरको खटाइले वर्षौसम्मको सुकुम्वासी समस्या समाधातर्फ अग्रसर हुन सकिएको बताउनुभयो ।

    अवको चुनावमा धेरै ठाउँको मेयर र अध्यक्षमा महिलाहरुलाई प्राथमिकता दिने बताउँदै प्रचण्डले भन्नुभयो,“सवै पुरुष वा महिला गलत नै छन् भन्ने होइन । तर एकचोटी मलाई महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौँ भन्ने छ । कयौँ वर्ष पुरुषले राज गरेर आइयाछ । यो पटक महिलाहरुलाई प्रथमिकता दिऔँ केही विग्रन्न । ”महिलाहरुले नेतृत्व गरेका मन्त्रालय देखि स्थानीय तहमा धेरै राम्रो कार्य भइरहेको भन्दै विकासमा झिनाझम्टी नहुन महिलाहरुले नेतृत्व गर्नुपर्नेमा उहाँको जोड थियो ।

    भूमिहीनहरुलाई लालपुर्जा दिएर ऐतिहासिक कार्यको थालनी गर्न सफल भएको भन्दै आफूले २०३६ सालदेखिकै आन्दोलनमा आफ्नै देशमा बसेरपनि भूमिविहिन हुनुपरेका जनताको पीडालाई जोडदार उठाउँदै आएको र अहिले आएर त्यो पूरा भएको प्रचण्डको भनाई थियो । यही गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लाइ लालपुर्जा दिने उहाँले बताउनुभयो । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सवै राजनीतिक दलहरु एक हुन पनि उहाँको आह्वान थियो ।

    कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शसी श्रेष्ठले गठन आदेश र कार्यविधि संशोधन गर्दा चाँडै काम भएको बताउनुभयो । केही ठाउँमा विरोध गर्नेहरु भएपनि आफूहरुले लालपुर्जा वितरणको काम नरोकेको उहाँको भनाई थियो । संविधानले दिएको अधिकारलाई सुनिश्चित गरेको भन्दै लालपूर्जा वितरण कुनै चुनावी प्रचार नभएको बताउनुभएको थियो ।

    आज सो क्षेत्रका ४६ जना सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गरिएको सेवा केन्द्र प्रमुख आमोध सुवेदीले जानकारी दिनुभयो । १० वर्षसम्म विक्रिवितरण गर्न नपाइने गरी रातो लालपूर्जा वितरण गरेको उहाँको भनाई छ । महानगरले २, १४ र २१ नम्वर वडामा सवै प्रकृया पूरा गरेर लालपुर्जा वितरण गर्ने अवस्थामा आएको सुवेदीले जानकारी दिनुभयो।

    कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले चुनावी प्रतिवद्धता पूरा गर्न सफल भएको भन्दै अन्य वडामा पनि जग्गा नापजाँच सुरु भइसकेको र चाँडै लालपुर्जा वितरण गर्ने बताउनुभयो ।

    कार्यक्रममा भूमि आयोगका अध्यक्ष केशव निरौला, उपप्रमुख पार्वती शाह ठकुरी, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सेना लगायतको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.